सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

समाजवादी पार्टीबाट पूर्व मन्त्रीसहित नेकपा प्रवेश

295
Sana Kishan

समाजवादी पार्टी नेपालबाट पूर्व मन्त्रीसहित नेता कार्यकर्ता नेकपा प्रवेश गर्ने भएका छन् । नयाँ शक्ति र सघीय समाजवादी फोरम एकता भएपछि पूर्व मन्त्री एवं नेता कल्पना धमला, नेता देवेन्द्र पराजुलीलगायतका नेता कार्यकर्ता प्रवेश गर्न लागेका हुन् ।

आगामी बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा धमला र पराजुलीसहित नेता कार्यकर्ता प्रवेश गर्ने भएका छन् ।‘कल्पना जी र म नेकपा प्रवेश गर्न लागेका छौं,’ नेता पराजुलीले भने, ‘ पार्टीका अरु साथीहरु को-को प्रवेश गर्ने बेलुका टुंगाे हुन्छ ।’ धमला बाबुराम भट्टराई सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिइन् । भने नेता पराजुली नयाँ शक्तिकाे संघीय परिषदका सदस्य थिए । यसअघि उनी तत्कालीन नेकपा माअाेवादीकाे भातृसंगठन अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षसमेत भएका थिए ।

Arus
Karnali Traders

दुवै नेताले बाबुराम भट्टराईलाई लामो समय साथ दिएका नेता थिए । उनीहरु नेकपा प्रवेश गरे भट्टराइलाई ठूलो असर पर्ने देखिएको छ । पराजुली र धमला दुवै माओवादी जनयुद्धमा सहभागी भएका नेता हुन । गत वैशाख २३ मा नयाँ शक्ति र फाेरमबीच एकता भएपछि दुवैजना असन्तुष्ट थिए । त्यसयता उनीहरू निष्क्रिय थिए ।

Nepali Khaja

नेकपा नेता कृष्णगोपाल श्रेष्ठका अनुसार बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कार्यक्रम गरी पार्टी प्रवेश गराउने टुंगो लागेको छ । उनका अनुसार धमला र पराजुलीसहित लगभग २० जना पार्टी प्रवेश गर्ने टुंगो भएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.