सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

जिल्ला लिग फुटबमा कञ्चनको तेस्रो जित

191
Sana Kishan

लिगका चार खेल आज
बिकाश सिंह महता महेन्द्रनगर / १८ असार बुधबार कञ्चनपुरको महेन्द्रनगर स्थित खुलामञ्चमा संचालित कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगितामा कञ्चन समाजको लगातार लिगको तेस्रो जित दर्ता गरेको छ भने आज पनि लिगका चार हुने छन् ।
मंगलबार भएको जिल्ला लिग फुटबल प्रतियोगिता को आठौं दिनको पहिलो खेल रोयल गोर्खा र त्रीपुरा समाज बिच भएको खेलमा ११-० गोलले रोयल बिजय भएको छ। दोस्रो खेल निङ्गलाशैनी समाज र जनसेवा समिती बिच भएको थियो उक्त खेलमा ४-० गोलले जनसेवा समिती बिजय भयो । तेस्रो खेल राम युवा क्लब पुनर्वास र आदर्श नेपाल बिचको खेल गोल बिहिन अवस्था मा बराबरी भएको छ । उक्त दिनको अन्तिम खेल कञ्चन समाज र युथ क्लब महाकाली बिच भएको रोमाञ्चक खेलमा २-१ गोल अन्तरले महाकाली लाई हराउदै लगातार तेस्रो लिग खेलमा तेस्रो जित दर्ता गरेको छ । बुधबार आज लिगको नौ दिनमा चार खेल हुने लिग संयोजक रमेश चन्दले बताएका छन् ।आजको पहिलो खेल महेन्द्रनगर युनाईटेड र त्रीपुरा समाज बिचको खेल बिहान ८ बजे,दोस्रो खेल दिपज्योती क्लब र सेक्युर्ड नेपाल बिचको खेल ९:३० ,तेस्रो खेल दिउँसो ४:३० मा आदर्श नेपाल र अरनिको युवा क्लब बिच रोमाञ्चक खेल हुने छ भने उक्त दिनको अन्तिम वा चौथो खेल निङ्गलाशैनी समाज र द ग्यालेक्सी युथ क्लब बिचको खेल बेलुकी ६ बजे प्रतिस्पर्धात्मक खेल हुने छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.