सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आइफा अवार्ड नेपालमा नगर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

220
Sana Kishan

आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको ठहर

संसद्को अन्तर्राष्ट्रिय समितिले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न सरकारलाई निर्देशन दिएको छ । आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको मंगलबारको बैठकले ठहर गरेको छ ।

Arus

समिति सभापति पवित्रा निरौला खरेलले भर्खर द्वन्द्व खेपेर आएको देशमा अवार्डले आर्थिक भार थोपर्ने भएकाले फाइदाजनक नभएको ठहर समितिले गरेको बताइन् । ‘नेपालले ठूलो आर्थिक दायित्व व्यहोर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘कार्यक्रम आयोजक बिजक्राफ्टले हामीलाई जुन सम्झौतापत्र पठाएको छ, त्यो पनि नेपालको पक्षमा छैन । कार्यक्रमको सम्पूर्ण अधिकार उसैमा केन्द्रित हुने बताइएको छ । भोलि कानुनी अड्चन आयो भने कानुनी लडाइँ लड्न दिल्ली जानुपर्ने रहेछ । यो त ठीक भएन नि ।’

Nepali Khaja

कार्यक्रममा भारतबाट ५ देखि ६ सयसम्म कलाकार आउने बताइएको थियो । अवार्ड कार्यक्रमको कुल खर्च झन्डै ७६ करोड रुपैयाँसम्म पुग्ने पूर्वानुमान छ ।

Karnali Traders

बिजक्राफ्टले सम्झौतापत्र संशोधन गरे मात्र नेपालमा कार्यक्रम गर्न दिन सकिने निरौलाको भनाइ छ । अहिलेको सम्झौतापत्रले नेपालको स्वतन्त्रता र स्वाधीनतामा पनि धक्का पुर्‍याउने समितिको ठहर छ ।

आगामी अगस्टको अन्तिम साता काठमाडौंमा आइफा अवार्ड गर्ने योजना छ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौं महानगरपालिका सहआयोजक हुने गरी आइफा अवार्ड गर्ने तयारी छ ।

नेपाली सेनाको मुख्यालयअगाडिको फुटबल मैदानलाई कार्यक्रमस्थल छनोट गरिएको थियो । कार्यक्रममा भारतबाट ५ देखि ६ सयसम्म कलाकार आउने बताइएको थियो । अवार्ड कार्यक्रमको कुल खर्च झन्डै ७६ करोड रुपैयाँसम्म पुग्ने पूर्वानुमान छ ।

#आइफा अवार्ड

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.