सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुखमाथि दुव्र्यवहार

लोडसेटिङको विषयलाई लिएर मंगलबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरमा लफडा मच्चिएको छ । सत्तारुढ नेकपाका युवा र विद्यार्थीले एकदिन अघि अनियमित लोकसेटिङ हटाउन माग राख्दै विद्युतमा ज्ञापन पत्र बुझाएको भोलीपल्टै लफडा मच्चिएको हो ।
नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अबधेश कुमार गुप्ता र सत्तारुढ युवाविद्यार्थी विच लोडसेटिङको विषयमा लफडा मच्चिएको थियो । कार्यालय प्रमुख गुप्ताले कार्यकक्षमै आएर कुर्सीबाट लर्छार्दै बाहिर लगेर आफुमाथी दुव्र्यवहार र हातपात गरेको बताएका छन् ।
भने यता विद्यार्थी–युवाले कार्यालय प्रमुखकै कारण समस्या निम्तिएको बताएका छन् । कार्यालय प्रमुख गुप्ताले विद्युत ग्रीट लालपुरका प्रमुख गणेश पाण्डेसहित विद्यार्थी युवालाई समस्या बारे छलफलका लागि बिहान १० बजे बोलाएका थिए । ‘मैले लोडसेटिङको विषयमा ग्रीट प्रमुख पाण्डे र विद्यार्थी युवालाई बोलाएको थिए, ‘गुप्ताले भने, ‘ग्रीट प्रमुख आए, विद्यार्थी युवा पुगेनन्, उनी काम विशेषले गए, विद्यार्थी–युवा आएर पाण्डेलाई भगाएको आरोप लगाएर दुव्र्यवहार गरे ।’ कार्यालय प्रमुख गुप्ताको घाँटीमा लगाएको सुनको सिग्री उनीहरुले चुडिदिएका थिए ।
कार्यालय प्रमुख गुप्ताले आफुमाथी दुव्र्यवहार भएको भन्दै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।
यता अनेरास्ववियुका नेता कमल रोकायाले कार्यालय प्रमुखकै कारण समस्या भएको बताउदै उनीमाथी दुव्र्यवहार नभएको दावि गरे । ‘हामीले कार्यालय प्रमुख माथी दुव्र्यवहार गरेका छैनौँ, ‘उनले भने, ‘काम गर्न सक्दैनौँ, भने कुर्सी छोड्होस भनेका हौँ ।’ मुख्य व्यक्तिलाई नै कार्यालय प्रमुखले भगाएको उनको आरोप छ । लोडसेटिङमुक्त गरे समस्या समाधान हुने उनको भनाई छ । लोडसेटिङको बहाना गर्नका लागि कर्मचारीले युवाविद्यार्थीलाई आरोप मात्रै लगाएको उनको दावि छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले घटनाका दोषि उपर कार्बाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । यता नेपाल विद्युत प्राविधिकरण राष्ट्रिय कर्मचारी यूनियन, कर्मचारी संघ र कर्मचारी परिषद्ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्सर्ना गर्दै दोषि उपर कार्बाहीको माग गरेका छन् । घटना बारे अध्ययन भईरहेको प्रहरीले जनाएको छ । केहीदिन यता अनियमित रुपमा लोडसेटिङले उपभोक्ता भने हैरान भएका छन् । अन्धाधुन्द विद्युत कटौती गर्दा गर्मीयाममा सर्वसाधारण मारमा परेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.