सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

न्यायिक समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी वेदकाेटमा अभिमुखिकरण तालिम

मदन गिरी
महेन्द्रनगर १७ असार ।
कञ्चनपुरकाे बेदकोट नगरपालिकाले स्थानीय तहमा रहेको न्याय समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी तालिम आयोजना गरेको छ । नगरपालिकाको न्याय समितिले समितिका काम, कार्बाही, एव अधिकार सम्बन्धी तालिम आयोजना गरेको हो ।

स्थानीय सकार संचालन ऐन २०७४को दफा ४७(१ र २) बमोजिम न्यायिक समितिले स्थानीय तहमा आउने विवाद समाधान गर्नका लागि उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय समिति गठनको व्यवस्था छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सोही अनुसार बेदकोटले सबै वडाका सरोकारवालालाई तालिम दिन लागेको हो । बेदकोटका उप प्रमुख एव न्याय समिति संयोजक शुशिला सिहले समितिको विषयमा सरोकारवाला निकायलाई जानकारी गराउने उदेश्यले तालिम आयोजना गरिएको बताए ।
उनका अनुसार यस अघि वडाध्यक्ष, सचिवलाई तालिम लिईएको छ । भने अहिले नगरका १० वटै वडाका सरोकारवालालाई तालिम दिन लागिएको हो । हरेक वडाबाट ३५ जनाका दरले तालिम दिन लागिएको उनले बताए ।

समितिले १३ निरुपणका विवाद र ११ मेलमिलापका माध्यमबाट विवाद समाधान गर्नुपर्छ । बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले तालिमबाट न्याय समितिलाई मुद्दामा सहजिकरण हुने बताए ।
उनले गाउँघरतिरका सानातिना समस्या समाधान गर्नका लागि समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । बेदकोटमा गत बर्ष ५४ र चालु बर्षमा १९मुद्दा परेका छन् । न्याय समितिले नगरका सबै वडाका ३ सय ५० सरोकारवालालाई तालिम दिन लागेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.