सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

माहाकाली कोरिडोर निर्माण सुरु हन्छ: साँसद भट्ट

1,889
Sana Kishan

कञ्चनपुर क्षेत्र नं. ३ का साँसद भट्टले माहाकाली कोरिडोर निर्माण कार्य छिट्टै सुरु हुने बताए । ‘वातावरणी प्रभाव मूल्याङ्कन (इआइए) गरी अध्ययन टोली फर्किएको छ, त्यो टोलीले रिपोर्ट फाइनल गरी सार्वजनिक सुनुवाई गर्छ’ घोषणा सभामा उनले भने,‘त्यसपछि महाकाली कोरिडोर निर्माण अघि बढ्छ ।’
पूर्व प्रधानमन्त्री झलनाथ खनालको पालामा ब्रह्मदेबदेखि दार्चुलाको टिंकरसम्म महाकाली लोकमार्ग अर्थात महाकाली कोरिडोर निर्माण सुरु गरिएको थियो । भीनपा ९ ब्रह्मदेबमा केही स्थानीयले विरोध गरेपछि निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो । त्यसपछि बैतडीबाट कोरिडोर निर्माण कार्यलाई निरन्तरता दिइएको छ ।
साँसद भट्टले महाकाली कोरिडोर कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउन महत्वपूर्ण मार्ग हुने भएकाले यसको निर्माणलाई प्राथमिकता दिएका छन् । उनले महाकाली कोरिडोर दोधारा चाँदनीदेखि दार्चुला टिंकरसम्मको हुने बताए ।
‘महाकाली चार लेनको पुल निर्माण भई रहेको छ, त्यहाँ सुख्खा बन्दरगाहको कुरा गरिएको छ’ उनले भने,‘यस परिप्रक्ष्यमा अब कोरिडोर दोधारा चाँदनीदेखि टिंकरसम्मको हुन्छ ।’
साँसद भट्टले निर्वाचनलाई महाकाली कोरिडोरको मुद्दालाई प्रथामिकताका साथ उठाएका थिए । उनीसंगै चुनाव पराजित तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पनि यस मुद्दालाई उठाएका थिए ।
लेखकले चुनावमा कोरिडोरको मुद्दा ल्याए पनि आफ्नो कार्यकालमा त्यसलाई वेवास्ता गरेका थिए । उनले महाकाली लोकमार्गलाई वेवास्ता गरी पश्चिम सेती लोकमार्ग निर्माणका लागि कार्यालय स्थापना गरेका थिए । लेखक आफैंले कार्यालय उद्घाटन गरेका थिए ।
साँसद भट्टको पहलमा सरकारले गत वर्षदेखि महाकाली कोरिडोरलाई प्राथमिकता दिएर वातावरणी प्रभाव मूल्याङ्कन अध्ययनका लागि टीम परिचालन गरेको थियो ।

साँसद भट्टले संघीय शासन व्यवस्था नयाँ संरचना भएकाले केही अलमल देखिए पनि विस्तारै सहज हुँदै गएको बताए ।
‘संघीयता गइ सकेपछि त्यसमा केही अलमल भयो, कर्मचारी समायोजनले अझै पूर्णता पाउन सकेको छैन, यद्यपि त्यसमा ९० प्रतिशत काम सकिएको छ’ उनले भने,‘यस्ता अरु पनि कुराहरु सहज भइ रहेका छन्, अब अन्यौलता हटेर जान्छ ।’
महाकाली अञ्चल अस्पताल, मझगाउँ विमानस्थल सञ्चालन र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा स्वास्थ्य विज्ञान विषय पठनपाठनलाई प्राथमिकता दिइएको साँसद भट्टले बताए ।
महाकाली अञ्चल अस्पतालको व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारले चार करोड बजेट विनियोजन गरेकोमा धन्यवाद दिर्दै उनले यसले सुधारमा सहयोग पुग्ने बताए ।

Arus
Karnali Traders

Nepali Khaja

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यस वर्ष सबै निकुञ्ज भन्दा बढी बजेट पाएको उल्लेख गर्दै उनले भने,‘यस क्षेत्रको विकासका लागि सबैसित सहकार्य र समन्वय गरी जान्छौ, स्थानीय, प्रदेश र संघीय सरकारसित सधैं पहल गर्छौ ।’

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.