सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

क्विक्स कप छात्र तर्फ फोलोरिडा च्याम्पियन

485
Sana Kishan

बिकाश सिहं महता
महेन्द्रनगर /१६ असार सोमबार
कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा कञ्चनपुर फुटबल संघको आयोजनामा क्विक्स कप अन्तरविद्यालय स्तरीय छात्र फुटबल तर्फ फोलोरिडा इन्टरनेशनल च्याम्पियन बनेको छ।
सोमबार भएको क्विक्स कप अन्तरविद्यालय छात्र फुटबल तर्फको फाइनल खेल लिटिलबुद्ध एकेडेमी र फोलोरिडा इन्टरनेशनल बिचको फाइनल खेलमा फोलोरिडा इन्टरनेशनलले ३-० गोल अन्तरले लिटिलबुद्ध एकेडेमी लाई हराउदै क्विक्स कप -२०७६ को च्याम्पियन बनेको छ। यो संगै छात्रा तर्फको खेलमा बैजनाथ मा.बि जडेपानी च्याम्पियन भएको थियो।
अन्तरविद्यालय स्तरीय छात्र /छात्रा क्विक्स कप -२०७६ मा छात्र तर्फ १६ विद्यालयको सहभागिता रहेको थियो भने छात्रा तर्फ ६ विद्यालय सहभागी रहेको क्विक्स कप संयोजक गजेन्द्र राज पाण्डेयले बताए।
क्विक्स कप -२०७६ को उद्धघाटन असार ०७ गते देखी सुरु भएको थियो । अन्तरविद्यालय स्तरिय क्विक्स कप छात्र /छात्रा च्याम्पियन हुने दुबै टिमले प्रदेशमा छनोटको लागी भाग लिने छ।
प्रतियोगिता असार १६ गते सोमबार छात्र रर्फको फाइनल खेल सोमबार १६ गते सकियोको छ। यो संगै कञ्चनपुर जिल्ला लिगका खेलहरु असार २५ गते सम्म संचालित रहेने छन।

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.