सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

वेदकोटका आदिवासी जनजाति महिलालाई सिलाई–कटाई तालिम

507
Sana Kishan

मदन गिरी
महेन्द्रनगर १५ असार ।
कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका आदिवासी जनजाति महिलालाई सिलाई कटाई तालिम लिईएको छ ।बेदकोट नगरपालिका र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरले ग्रामीण भेगका महिलालाई एडभान्स तालिम लिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष प्रेमबती रानाले यस अघि तालिम सिकेका महिलालाई तीन महिने एडभान्स तालिम दिएको बताए । उनका अनुसार आदिवासी समुदायका १५ महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागि राज कुमार रानाले तालिमको अवधि बढाउनुपर्नेमा जोडदिदै तालिममा थप सिकेको बताईन् । ‘पहिले हामी महिलाका मात्रै कपडा सिलाउन सिकेका थियौँ, ‘उनले भनिन, ‘अहिले पुरुषका पनि सिकेका छौँ ।’ तालिमबाट सिकेका विषय व्यवहारिक कार्यान्वयन गर्ने उनीहरुको प्रतिबद्धता थियो । बेदकोट नगरका उप प्रमुख शुशिला सिहले महिलाको आत्मनिर्भरका लागि तालिम रहेको बताईन् । कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाण पत्र र मेसिन वितरण गरिएको थियो ।
प्रमुख अतिथि समेत रहेका बेदकोट नगर प्रमुख अशोक कुमार चन्दले आगामी दिनमा तालिमको अवधिबृद्धि गर्दै तालिम थप प्रभावकारी बनााउने बताएका छन् । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनको अध्यक्षतामा समापन गरिएको कार्यक्रममा आदिवासी अगुवा एव जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.