सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

क्विक्स कपको फाईनल साेमबार हुने, जिल्ला लिगमा कञ्चनकाे दोस्रो जित

331
Sana Kishan

बिकाश सिंह महता महेन्द्रनगर / १५ असार ।
कञ्चनपुर जिल्ला फुटबल संघको आयोजनामा महेन्द्रनगरको खुलामञ्चमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा कञ्चन समाजले आफ्नो दोस्रो जित दर्ता गरेको छ भने क्विक्स कपको आइतबार फाइनल खेल हुने छ। आइतबार जिल्ला लिग फुटबलको छैठो दिन भएको पहिलो खेल रोयल गोर्खाज र महेन्द्रनगर युनाइटेड बिचको खेलमा १-१ गोलको बराबरी संगै समान अंक पाएका छन।
दोस्रो खेल आदर्श नेपाल र निङ्ग्लाशैनी बिकास समाज बिच भएको खेलमा १-० गोल आदर्श नेपाल बिजय भएको छ।
यो संगै आइतबार भएको तेस्रो खेल अरनिको युवा क्लब र राम युवा क्लब पुनर्वास बिच लिगको खेल पुनर्वासमा भएको थियो उक्त खेलमा अरनिको ले ३-० गोलले बिजय भएको छ र छैठो दिनको अन्तिम खेल कञ्चन समाज र त्रीपुरा समाज बिच भएको खेलमा कञ्चन समाजले ५-० गोलको अन्तरले त्रीपुरा लाई हराउदै लिगमा दोस्रो जित दर्ता गरेको छ।

Karnali Traders

त्यसै गरि कञ्चनपुर फुटबल संघको आयोजनामा संचालित कञ्चनपुर क्विक्स कप-२०७६ अन्तरविद्यालय स्तरीय फुटबल छात्र तर्फ साेमबार फाइनल खेल लिटिलबुद्ध एकेडेमी र फोलोरिडा इन्टरनेशनल बिच रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेल महेन्द्रनगरको खुलामञ्चमा सोमबार असार १६ गते बिहान ८ बजे हुने कञ्चनपुर क्विक्स कप संयोजक गजेन्द्र राज पाण्डेयले बताएका छन।
कञ्चनपुर जिल्ला लिगको सातौ दिन तीन खेला हुने छन पहिलो खेल युथ क्लब महाकाली र सेक्युर्ड नेपाल बेदकोट बिच बिहान ९:३० हुने छ। दोस्रो खेल द ग्यालेक्सी युवा क्लब र जनसेवा समिती बिच दिउँसो ४:३० बजे हुने छन । भने आजको अन्तिम खेल दिपज्योती क्लब र महेन्द्रनगर युनाइटेड बिच साझ ६ बजे रोमाञ्चक खेल खुलामञ्चमा हुने लिग संयोजक रमेश चन्दले बताएका छन।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.