सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भीनपाका किसानलाई अनुदानमा केराका विरुवा वितरण

217
Sana Kishan

महेन्द्रनगर, १५ असार
भीमदत्त नगरपालिका वडा नं. १० तिल्केतीमा किसानहरुलाई अनुदानमा केराका विरुवा वितरण गरिएका छन् । वडा कार्यालयले चालु आर्थिक वर्षमा कृषि कार्यक्रम अन्र्तगत विरुवा उत्पादन गरी किसानलाई वितरण गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विरुवा वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विष्टले नर्सरीबाटै विरुवा वितरण उद्घाटन गरेका छन् ।
‘नगरको विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौ, कृषि, पर्यटन, जैविक विविधता लगायतका प्राकृतिक र साँस्कृति सम्पदामा नै नगर समृद्धिका आधार हुन्’ उनले भने,‘त्यसका लागि किसानबाट माग हुँदै आएका योजनालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाउँदै आएका छौ, यसलाई निरन्तरता दिन्छौ ।’
स्थानीय तह निर्वाचनपछि भीनपामा सिँचाई सुविधाका लागि डेढ सय हाराहारीमा स्यालो टयुबेल जडान गरिएका छन् । सिँचाई सुविधा सहित किसानलाई प्राविधिक सहयोग, बिउ विजनमा अनुदान, आधुनिक मेसिन प्रयोग लगायतका सहयोग गरिने बताए ।
नगरपालिकाले गत आर्थिक वर्षदेखि एक वडा एक पकेट अध्ययन क्षेत्र घोषणा गरी कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । आगामी आर्थि वर्षको बजेटमा पकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
जनसंख्याको हिसाबले दोस्रो ठूलो १० नम्बर वडा नगरपालिकाको केरा पकेट क्षेत्र घोषणा गरिएको वडा हो । यस वडाका तीन सय किसान केरा खेतीमा आबद्ध छन् ।
‘किसानको मिहिनेतले नगरपालिका केरामा आत्मनिर्भर भएको छ, भारतबाट आउने केरा लगभग रोकिएको छ’ नगर प्रमुख विष्टले भने ।
वडा कार्यालयले चालु आ.व.का लागि विनियोजन गरेको एक लाख ५० हजारमा ५ सय केराका विरुवा उत्पादन गरेको छ । विरुवा उत्पादनका लागि एक स्थानीयलाई जिम्मेवारी दिइएको थियो । ती स्थानीयले घरमा नर्सरी निर्माण गरी केराका विरुवा उत्पादन गरेका छन् ।
भीनपा १० का अध्यक्ष प्रमानन्द जोशीले केरा खेतीमा संलग्न किसानहरुलाई सहयोग पुग्ने गरी विरुवा वितरण गरिएको बताए । ‘उत्पादन गरिएका विरुवाको मूल्य ४० रुपैँया पर्छ, वडाले ५० प्रतितशत अुनदान दिएको छ’ उनले भने,‘ ५ सय विरुवा किसानलाई वितरण गर्छौ ।’
वडा कार्यालयले यस अघि चालु आ.व.मा तरकारीका विरुवा वितरण गरेको थियो । तरकारीका विरुवा वितरण कार्यक्रम गत वर्षदेखि सुुरुवात गरिएको थियो । वडालाई तरकारीमा आत्मनिर्भर बनाउन एक घर चार तरकारीका विरुवा वितरण अभियान सञ्चालन गरिएको छ । वडा अध्यक्ष जोशीले कृषिसंग सम्बन्धित सबै अभियान निरन्तरता दिने गरी सञ्चालन गरिएको बताए ।
वडा अध्यक्ष जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा सदस्यहरु भवान सिह ठगुन्ना, जानकीदेबी कोली, केरा किसाहरु महाबीर साउँद, पूर्ण सिह साउँद लगायत स्थानीय सहभागी भएका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.