सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

युवा विद्यार्थी नेताले राेके विषादीयुत्त भारतीय तरकारि, गुणस्तर परिक्षणका लागि कालिमाटि पठाईयाे

385
Sana Kishan

मदन गिरी
कञ्चनपुर, असार १३गते
सरकारले भारतबाट भित्र्रिने तरकारी तथा फलफुलमा विषादी परीक्षण गरेर मात्रै भन्सारलाई आयात गर्न दिने परिपत्र जारी गरेपछि सातादेखि पश्चिमी नाका गड्डाचौकी भएर तरकारी भित्र्रिएको छैन् ।
भारतबाट आउने विषादी तरकारीमा रोक लगाउन २ असारमा सरकारले राजपत्रमै सुचना प्रकासित ग¥यो, वाणिज्य मन्त्रालयले कञ्चनपुर भन्सार कार्यालयलाई ४ असारमा परिपत्र जारी ग¥यो ।
मन्त्रालयले भन्सारमा परिपत्र जारी गरेपछि सात दिनसम्म भारतबाट तरकारी नेपाल आयात भएको छैन् । भारतबाट तरकारी सप्लायर्स गर्ने व्यवसायीले समेत ४ असारदेखि तरकारी तथा फलफुल ल्याएनन् । भन्सारले ल्याब परीक्षण नगरेका तरकारी र फलफुल आयातमा रोक लगाउने भनेपछि व्यवसायीले भारतबाट तरकारी नै ल्याएनन् ।
लामो समयदेखि व्यवसाय गर्दै आएका तरकारी व्यवसायीले व्यवसाय नै चौपट हुने चिन्ताले ११ असारदेखि फेरी भारतबाट तरकारी ल्याए । भन्सार कार्यालय परिसर वा नजिकै तरकारी तथा फलफुल परिक्षण गर्ने ल्याब नभएकाले झन समस्या निम्तिएको छ ।
कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको अत्तरियासम्म झण्डै ५० किलोमिटरको दुरीमा कृषि प्रशोगशाला (ल्याब) छ । कृषि तथा पशुपन्छी विभाग केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष दुत विश्लेषण इकाईमा तरकारीय तथा फलफुलको नमुना परीक्षण गराउनुपर्छ ।
भारतबाट १२ असारका ल्याएको तरकारीको ट्रक भन्सारका १३ गतेसम्म थन्किएको छ । महेन्द्रनगरका तरकारी व्यवसायी नरेश साउद बिहीबार भारतबाट ल्याएको तरकारी र फलफुल दुईदिनसम्म भन्सारमै थन्किएको बताए । ‘११ असार दिउँसो ४ बजेतिर भारतबाट तरकारी भन्सारमा पु¥याए, ‘उनले भने, ‘सोही दिन ल्याब परीक्षण गर्नका लागि समय भएन्, भोलीपल्ट बिहान १० बजे ल्याब परीक्षणका लागि गएको दिउँसोको ४ बज्यो, त्यहाँबाट भन्सार पुग्दा साढे पाँच बज्यो, यसरी तरकारी कुहीने समस्या हुन्छ ।’
यस अघि भारतबाट सिधै ल्याएको तरकारी तथा फलफल भन्सार काटेर सिधै बजारमा पु¥याईन्थ्यो, तर अहिले बजारसम्म पुग्दा दुईदिन समय लाग्दैछ । दुईदिनपछि ल्याब परीक्षण गरेको रिर्पोट खानयोग्य आएको छ । भन्सार कार्यालयमै ल्याब परीक्षण हुनुपर्ने उनको भनाई छ । कञ्चनपुर भन्सार कार्यालयका अनुसार दैनिक ५÷६ ट्रकमा झण्डै १०÷१२ क्विन्टल तरकारी र फलफुल भित्रिन्छ । पुर्वाधारको तयारीबिनै सरकारले ल्याएको नीतिले व्यवसायीलाई समस्या भएको छ ।
कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीम प्रशाद अधिकारीले भारतबाट आउने तरकारीको विषादी परीक्षणका लागि सिलबन्दी गरेर नमुना पठाउने गरेको बताए । उनका अनुसार दुईदिनदेखि मात्रै नमुना पठाईन लागेको छ । वाणिज्य मन्त्रालयको पत्र अनुसार तरकारी र फलफुलमा विषादी परीक्षणका लागि कैलालीको अत्तरिया स्थित कृषि ल्याबमा नमुना पठाएको बताउदै उनले बुधबार एक ट्रकको पठाएको नमुना बिहीबार आएको बताए । सो रिर्पोट अनुसार तरकारी खानयोग्य भएकाले भन्सारले जाँचपास दिने उनले बताए । नीतिगत समस्या भएकाले व्यवसायीको समस्या तुरुन्तै समाधान हुन नसक्ने उनले बताए । भारतबाट तरकारी ल्याएर बिक्रि गर्ने महेन्द्रनगरमा पसल बन्द भएका छन् ।
कञ्चनपुर मण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भारतबाट आउने तरकारी बन्द भएपनि स्थानीय उत्पादनले खपत गर्न सकिने बताए । उनले विगतको तुलनामा जिल्ला तरकारीमा आत्मनिर्भर भईरहेको दावि गर्दै ७० प्रतिशत आत्मनिर्भर भएको बताए । अध्यक्ष सोनारले प्याज र आलुमा मात्रै समस्या हुने भएकाले त्यसका लागि समेत सरकारले पकेट क्षेत्र बनाएर खपत गर्नुपर्ने बताए । भारतबाट एकसातासम्म तरकारी नआएपछि समस्या नदेखिएको उनले बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुका बरिष्ठ कृषि विकास अधिकृत गोकुल प्रशाद बोहराले स्थानीय उत्पादनले ८ महिना पुग्ने बताए ।
उनका अनुसार असार, साउन, भदौँ र असोज महिनासम्म समस्या हुन्छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले खाद्य र पशुका क्षेत्रीय क्वारेन्टाईन गड्डाचौकीमा हुने, तर फलफुल र तरकारीका लागि अत्तरिया जानुपर्ने बाध्यतामाथी प्रशन गरे ? उनले भारतीय तरकारी रोक्नुपर्नेमा सुझाव दिदैै स्वदेशी तरकारीमा जोडदिए । तरकारी खेतीमा अनुदान दिएर भएपनि स्वदेशमै आत्मनिर्भर बनाउनुपर्नेमा उनको सुझाव छ । यसैविच कञ्चनपुरका विद्यार्थी संगठनले अवैध रुपमा तरकारी तथा फलफुल नेपाल भित्र्रिएको भन्दै नियन्त्रणमा लिएर प्रहरीलाई ६ट्रक फलफुल बुझाएका थिए । शनिबार भन्सार र विद्यार्थी संगठनविच नियन्त्रणमा लिएका फलफुल तथा तरकारीको नमुना परीक्षणका लागि काठमाण्डौँ स्थित कालिमाटी फलफुल तथा तरकारी केन्द्रमा पठाउने सहमती भएको नेवि संघ नेता कैलाश चन्दले बताए । शुक्रबार राती एकाएक भन्सारबाट महेन्द्रनगर आएका ती तरकारी तथा फलफुल बोकेका सवारी साधन नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको नेवि संघका नेता कैलाश चन्दले बताए । उनका अनुसार अवैध रुपमा आईरहेका फलफुल र तरकारी विषादीयुक्त भएकाले स्वास्थ्यमा खेलवाड गर्न खोजेको भन्दै नियन्त्रणमा लिएको बताए । क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले जनताको स्वास्थ्यमाथी खेलवाड गरेको भन्दै विद्यार्थी संगठनले रोकेको बताए । ‘सरकारले विषादी फलफुल तथा तरकारीमा रोक लगाएको छ, ‘उनले भने, ‘भन्सारका कर्मचारीले रकम लिएर अवस्थ फलफुल तरकारी पठाए ।’ बैद्य क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले कर्मचारीको मिलोमतोमा व्यवसायीले कुहिएका तरकारी तथा फलफुल भित्र्राईरहेकाले सचेत विद्यार्थी भएको नाताले रोकेको बताएका थिए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.