सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अगामि अार्थिक वर्षमा साक्षर नेपाल घोषणा हुन्छ: शिक्षामन्त्री पाेखरेल

273
Sana Kishan

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले कुनैपनि बालबालिका विद्यालय शिक्षाबाट बञ्चित नहुने बताउनुभएको छ ।
शनिबार राष्ट्रिय माध्यामिक विद्यालय सुख्खड कैलालीमा प्रदेशस्तरिय विशेष शिक्षा आवासिय विद्यालयको शिलान्यास गर्दै बताउनुभएको हो । मन्त्री पोखरेलले सामुदायिक विद्यालयको गुणस्तरिय बृद्धि गर्दै सबै विद्यार्थीलाई समान रुपमा हेरिने बताए ।
उत्पादन र श्रमका आधारित शिक्षा हुनुपर्नेमा जोडदिदै उनले पुरानो शिक्षा प्रणाली परिर्वतन आवश्यक रहेको औल्याए । संघीय शिक्षा नीति मन्त्रिपरिष्दमा गएको बताउदै समाजिक विकास समितिमा छलफल भईरहेको बताए ।
शिक्षाको विकासमा जोडदिए । सामुदायिक विद्यालयमा लगानी अनुसार प्रतिफल नपाएको भन्दै त्यसको कारण पत्ता लगाउनुपर्नेमा जोडदिए । शिक्षकले विद्यार्थीका लागि बढि समय दिनुपर्नेमा जोडदिदै उनले शिक्षामा अनुसाशित हुनुपर्ने बताए ।
शिक्षा विज्ञानमैत्री, प्रविधिमैत्री हुनुपर्ने भन्दै त्यसका लागि सरकार लागि परेको बताए ।
सकेसम्म यसैबर्ष साक्षर नेपाल घोषणा गनुपर्नेमा जोडदिदै सबैलाई शिक्षित हुनुपर्ने बताए । मन्त्री पोखरेलले सामुदायिक विद्यालयको स्तरबृद्धि गरिने बताए । ‘हिजोको शिक्षा नीति पहुँचको आधारमा थियो, ‘मन्त्री पोखरेलले भने, ‘अब गुणको आधारमा हुनुपर्छ ।’ आफ्नो खल्तीबाट शिक्षक बनाउने प्रयास नगर्न समेत उनले आग्रह गरे ।
मन्त्री पोखरेलका निजी सचिव पकज रावलले शिक्षामन्त्री शनिबारै राजधानी फिर्ता भएको बताए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.