सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गर्मी छल्ने भीमदत्तको पर्यटकिय गन्तव्य ‘कालिताल’ झरना

कञ्चनपुर, असार १४
कञ्चनपुरको उत्तरी भेग चुरे भेग भीमदत्त नगरपालिका ९ र १० को सीमा क्षेत्रामा ‘कालिताल’ झरना पनि अहिले पर्यटकिय गन्तव्य बनेको छ ।
गर्मी छल्नका लागि झरनामा दैनिक पर्यटक आउन थालेपछि भीमदत्त नगरको अर्को नयाँ पर्यटकिय गन्तव्य बनेको हो ।
महेन्द्रनगर बजारदेखि उत्तर झण्डै १५ किलोमिटर दुरीमा रहेको झरना अहिले चर्चामा छ ।

Sana Kishan

त्यहाँ गर्मीछल्न र पिकनिक मनाउनका लागि पर्यटक आउने गरेका हुन् । प्रायजसो विदाका दिन विद्यार्थी आउँछन् । यस अघि नै पहिचानमा आएको भएपनि झरना स्थानीय तहमा जनप्रतिनिधी आएपछि मात्रै अस्थित्वमा आउन थालेको छ ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले १९ वटै वडाअध्यक्षलाई आ–आफ्नो वडामा रहेको ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्व राख्ने पर्यटकिय गन्तव्यको पहिचान गरेर नगरपालिकामा विवरण बुझाउन निर्देशन दिएपछि १० का वडाध्यक्ष प्रमानन्द जोशीले कालितालको बारेमा जानकारी गराएका थिए ।
वडाध्यक्ष जोशीले ताल रहेको आफुहरुलाई थाहा भएपनि यसको महत्व आजभोली नै बढ्दै गएको बताए । ‘उतिबेला हामीले यो पर्यटकिय गन्तव्य बन्न सक्छ भन्ने आशै गरेका थिएनौँ, ‘उनले भने, ‘अहिले ताल पर्यटकिय गन्तव्य बनेको छ ।’ वडाध्यक्ष जोशीले तालसम्म पुग्नका लागि सडक नहुँदा समस्या भएको बताए ।
बषौँ अघि फेला परेको झरना अहिले अस्थित्वमा आएको स्थानीय एव युवाबर्ष माविका शिक्षक दिवाकर जोशीले बताए । ‘हामी पहिले बच्चाबच्ची हुँदा यहाँ गाईगोरु चराउन आउँथे, ‘उनले भने, ‘उतिबेलैदेखि पौडी खेलेर जान्थे, पछि जंगलमा चरिचरनपनि बन्दभयो, हामी पनि यहाँ आउन छाडे ।’
कालिताल संरक्षण समितिका अध्यक्ष केशव दत्त पन्तले तालसम्म पुग्नका लागि सडक नहुँदा पर्यटकलाई सास्तीखेप्नु परेको बताए । उनले पर्यटकिय गन्तव्यको विकासका लागि सम्बन्धीत पक्षले ध्यान दिनुपर्नेमा जोडदिए । अध्यक्ष पन्तले प्रवेसद्वारका साथै साईबोड बनाईने बताए । अध्यक्ष पन्तले तालको प्रचारप्रसारमा सरकारी निकायलाई सहयोग गरिदिन आग्रह गरे ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नगरभित्रका सबै पर्यटकिय गन्तव्यको पहि
चान गरेर प्रर्बद्धन गरिने बताए । मेयर विष्टले नगर क्षेत्रमा ओझेलमा रहेका ऐतिहासिक, धार्मिक, पर्यटकिय गन्तव्यको डिपिआर तयार गरेर प्रर्बद्धन गरिने बताए । आर्थिक विकासका लागि पर्यटन विकास आवश्यक रहेको भन्दै मेयर विष्टले पर्यटकिय भौतिक पुर्वाधारमा जोडदिए । मेयर विष्टले २०२० नेपाल भ्रमण बर्ष सफल पार्नका लागि समेत भीमदत्तका दर्जनौँ पर्यटकिय क्षेत्रमा उख्लेख्य पर्यटक पु¥याउने दावि गरे ।
भीमदत्त नगरका पर्यटकिय गन्तव्यको अध्ययन गरिरहेका नागरिक अभियन्ता प्रभुनिधी पन्तले नयाँ पर्यटकिय गन्तव्यको बारेमा स्थानीयसंग सुझाव संकलन भईरहेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य एव सहकारी अभियन्ता प्रेमसिह भाटले पर्यटकिय गन्तव्यलाई व्यवसायिक रुपमा अघि बढाउनुपर्नेमा जोडदिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.