सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

प्रधानमन्त्री रोजगार कार्यक्रमः चिटिक्कको सडक तयार !

1,008
Sana Kishan

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ फितलो भयो भनेर आलोचना भईरहेका बेला दोलखाको सैलुङ गाउँपालिकाले भने यो कार्यक्रम मार्फत उदाहरणीय काम गरेको छ । गाउँपालिकाको वडा नम्बर १ दुधपोखरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत हेर्न लायक सडक बनेको छ । पर्यटकीय नगरी सैलुङ जाने पदमार्ग पनि पर्ने र वडाबाट गाउँपालिकाको केन्द्रसम्म पुग्ने मसख्य सडक सोलिङ भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकाले २९ लाख रुपैयाँ बजेट पाएको थियो । यो बजेट सबै वडालाई बराबरी भाग लगाएर दिइयो, एउटा वडाले ३ लाख ६२ हजार पाए । गाउँपालिकाका ८ वटा वडामध्ये वडा नम्बर एक दुधपोखरीले नमुना काम गरिरहेको गाउँपालिका प्रमुख भरत दुलालले बताए । गाउँपालिकाले पैसा दिँदा नै राम्रो गर्नेलाई सम्मान गर्ने भनेर दिएको थियो ।

Arus
Karnali Traders

वडाध्यक्ष बिर्ख बहादुर तामाङका अनुसार १०५ घनमिटर सडक ग्रावेल गर्ने लक्ष्यका साथ काम भईरहेको छ । चार मिटर चौडाईँको यो सडक हालसम्म ८० घनमिटर बनेको छ । ३ लाखको बराबरको काम सकिएको र बाँकी रकमले २५ घनमिटर सक्ने लक्ष्य रहेको वडाध्यक्ष तामाङको भनाई छ ।

Nepali Khaja

अहिले गाउँका ४० जना स्थानीयले काम गरिरहेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.