सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सेनाद्वारा ‘एक जवान, एक विरुवा रोपण’ अभियान सञ्चालन

असार १३, २०७६ काठमाडौं : नेपाली सेनाले ‘एक जवान एक विरुवा अभियान’ कार्यक्रम लागू गरेको छ। सरकारको एक नेपाली एक फलफूल विरुवा रोपण अभियानलाई मुर्तरुपमा प्रदान गर्नको लागि शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डा पसिरमा विभिन्न जातका फलफूलका बिरुवा रोपेर अभियान सुरु गरेका हुन्। नेपाली सेनाका सबै पृतना, वाहिनी, गण, गुल्मले ब्यारेकभित्र र बाहिर गरी एक लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका फलफूल तथा अन्य विरुवा रोप्ने र संरक्षण गर्ने योजना रहेको सेनाले जनाएको छ।

Sana Kishan

स्थानीय प्रतिनिधी तथा जनसमुदायको समन्वय, सहकार्य एवं सहभागीता जुटाई नेपाली सेनाका सबै पृतना, वाहिनी, गण र गुल्मबाट आआफ्नो जिम्मेवारी क्षेत्रका विभिन्‍न स्थानमा द्रुतगतिमा व्यवस्थित तरिकाले व्यारेक हाताभित्र र बाहिर गरी १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्‍न जातका स्थानीय हावापानी सुहाउँदो फलफूल तथा अन्य विरुवा रोपण, संरक्षण र सम्बर्द्धन गर्ने योजना अनुरुप प्रधानसेनापति थापाको उपस्थितिमा जंगी अड्डा हाताभित्र २५० वटा विभिन्‍न जातका फलफूलको विरुवा रोपण कार्यक्रम सम्पन्‍न भएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.