सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

१३ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीको लब्धांक पत्रमा अनुत्तीर्ण लेखिदैन । तर सबै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् ।

तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १.६ निर्धारण गरिएको छ ।

१.६ भन्दा कम जीपीए पाउनेहरूले भने कक्षा ११ मा भर्ना हुन पाउँदैनन् । यसवर्ष ५६ हजार ७ सय ३९ जनाले १.६ भन्दा कम जीपीए प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउँदैनन् ।

World Link Ads
Mahakali Polytechnic

त्यससँगै सम्बन्धित विषयमा न्यूनतम ‘डी प्लस’ वा ‘सी प्लस’ नल्याउनेले पनि कक्षा ११ भर्ना हुन पाउँदैनन् । प्राविधिक विषयतर्फ भने विषयगत न्यूनतम ग्रेड तोकिएको छैन ।
भौतिकशास्त्र, रसायनशास्त्र, जीवशास्त्र, गणित, कम्प्युटर साइन्स र कृषि पढ्न भने न्यूनतम जीपीए २.०० निर्धारण गरिएको छ । त्यससँगै विज्ञान र गणितमा न्यूनतम ‘सी प्लस’ ल्याउनुपर्छ ।

Sana Kishan

अधिकांश विषय पढ्न अंग्रेजी र सामाजिक शिक्षामा न्यूनतम ‘डी प्लस’ प्राप्त गरेको हुनुपर्नेछ ।

एसईई २०७५ मा १७ हजार ५८० जनाले ३.६ देखि ४.००, ५१ हजार १ सय ३७ जनाले ३.० देखि ३.६, ६३ हजार ७ सय ४१ जनाले २.८ देखि ३.२ सम्म जीपीए ल्याएका छन् । त्यस्तै, २.०० देखि २.४ ल्याउने ९८ हजार २०७, १.६ देखि २.० ल्याउने ९५ हजार ३०७, १.२ देखि १.६ ल्याउने ४३ हजार ८४१ विद्यार्थी छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ सैद्धान्तिक विषयको बढीमा दुई विषयसम्म ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएमा परीक्षार्थीहरूले ग्रेडवृद्धिका लागि पूरक ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ । -अनलाइन खबरबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.