सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गृह मन्त्रालयका हाकिमको गाडी समात्ने ट्राफिक प्रहरी सडकमै सम्मानित

238
Sana Kishan

असार १३, २०७६ काठमाडौं : नियम मिचेर सडकमा रोकिएको गृह मन्त्रालयका सह-सचिव तथा प्रवक्ता रामकृष्ण सुवेदीले प्रयोग गर्ने सरकारी गाडीलाई कारवाही गर्ने ट्राफिक प्रहरीलाई सडकमै सम्मान गरिएको छ ।
सिंहदरबारको पूर्वी गेट अगाडिको सडकमा अनाधिकृत रुपमा पार्किङ गरेर गाडी राखिएको सरकारी गाडीलाई लक हालेर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी जवानले कारवाही गरेका थिए।
बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा लक लगाएपछि गृहका कर्मचारीको हप्कीदप्की पनि खेपेका टीकाराम बुढा र जवान कमलेश कुमारले एक हजार रूपैयाँ जरिवाना तिराएर मात्रै छाडेका थिए। गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सुवेदीसहिका कर्मचारी पार्किङ निषेध गरिएको स्थानमा सरकारी गाडी राखेर खाना खान होटल छिरेका थिए । त्यही बेला प्रहरीले उनको गाडीमा लक लगाएको थियो ।

Karnali Traders

गृहकै हाकिमको गाडीमाथि कारवाही गरेर चर्चित भएका ती ट्राफिक प्रहरीलाई युवाहरुले वान ह्वान्ड्रेड्स नामको ग्रुपका सदस्यसहितका युवाले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका हुन् । ती ट्राफिकले ह्वील लक गरेपछि गृहका कर्मचारीले कारवाही गर्ने भन्दै धम्क्याएका थिए।

Arus

ट्राफिक प्रहरीले गाडी लक गरेपछि चालकसहित आएर ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न भनेका थिए। -थाहा खबरबाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.