सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

दार्चुलाका सबै स्थानीय तहमा सडक

667
Sana Kishan

दार्चुला : दार्चुलाका सबै स्थानीय तहमा सडक सञ्जालमा जोडिएका छन् । अपी हिमाल, व्यास, दुहु र लेकम गाउँपालिकामा यसै वर्ष सडक यातायातको पहुँच पुगेको हो । यससँगै दार्चुलाका ९ वटै स्थानीय तहमा सडक यातायातको पहुँच पुगेको छ ।

व्यासको केन्द्र सुन्सेरा, लेकम र अपी हिमाल भौगोलिक रूपमा विकट छन्। अन्य स्थानीय तह भने सडक सञ्जालमा जोडिइसकेका थिए । ‘जिल्लाका सबै स्थानीय तह सडक सञ्जालमा जोडिएका छन,’ नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले भने ।

Arus

मार्मा र नौगाड गाउँपालिकाका विकट बस्तीमा सडक निर्माण भइरहेको छ । स्थानीय तहले सडकलाई पहिलो प्राथमिकतामा राखेपछि यातायातको पहुँच पनि बढ्दै गएको हो । नौगाडका विभिन्न बस्ती जोड्ने गरी सडक निर्माण गरिरहेको अध्यक्ष धामीले बताए । शैल्यशिखर नगरपालिकामा सबैभन्दा बढी सडक निर्माण भएका छन् । उक्त नगरपालिकामा नगरपालिका र प्रदेश सरकारले ग्रामीण सडक निर्माण गरिरहेका हुन । व्यास गाउँपालिकाको सुन्सेरा सदरमुकामदेखि ३३ किमि दूरीमा पर्छ ।

Nepali Khaja

सडक पुगेपछि खुसी

Karnali Traders

ग्रामीण बस्तीसम्म सडक पुगेपछि स्थानीय हर्षित भएका छन्। ‘अब पिठ्युमा भारी बोक्नु नपर्ने भयो,’ सुन्सेराकी ५५ वर्षीया शकुन्तला कुँवरले खुसी हुँदै भनिन्, ‘सुरुमा तिंकर सडक सर्भे हुँदा ४ र ५ वर्षमै सुन्सेरालगायत आसपास क्षेत्रमा गाडी गुड्ने आश्वासन दिए । अब पुगेको छ।’ व्यास गाउँपालिकाको मुख्य सडक पनि यही हो ।

गाउँपालिकाले हालसम्म अन्य शाखा सडक बनाएको छैन । यो सडकले व्यास गाउँपालिकाका सिना र राप्लाबाहेक अन्य सबै गाउँ जोड्ने भएकाले शाखा सडक आवश्यक नभएको स्थानीय बताउँछन् । अहिलेको सडकमा सुधार गरी ग्रेड मिलान गर्न सके यातायात सञ्चालनमा सजिलो हुने जिप व्यवसायी महादेव जोशीले बताए । तिंकर सडकले श्रीबगड, ब्रह्मदेव, धारी, हिकिला, पिपलचौरी, हुती, धौलाकोट, सुन्सेराका दर्जनौं बस्ती जोडेको छ ।

अपी हिमाल गाउँपालिका–४, खण्डेश्वरीका शोभानसिंह लोथ्याललाई घरबाट सदरमुकाम आउन झन्डै ३ दिन लाग्थ्यो । अहिले दार्चुला तिंकर सडकले पनि निर्माण कार्यलाई तदारुक्तासाथ अगाडि बढाउँदा उनी एक दिनमै सदरमुकाम पुगेर काम गर्न भ्याउँछन्। मकरीगाडसम्म सडकले छोएपछि एकै दिनमा सदरमुकाम पुग्न सकिने उनले बताए । अपीहिमालका घुसा र खण्डेश्वरी गाउँका स्थानीयले पनि हाल सदरमुकाम पुग्न ३ दिन हिँड्नु पर्दैन । मकरीगाडसम्म गाडी पुगेपछि उनीहरूलाई सदरमुकाम आवतजावत सहज भएको हो ।

‘पारिबगड–खण्डेश्वरी सडक नबनेसम्म यहाँका स्थानीयले दैनिक उपभोग्य वस्तु पनि मार्मा गाउँपालिकाको लटिनाथ बजारबाट भारी बोक्नुपर्ने अवस्था थियो,’ मकरीकोटका कमलसिंह धामीले भने, ‘अहिले मकरीकोट माथिसम्म गाडी गुडिरहेका छन् ।’ उक्त सडकले पारिबगड, धरमघर, मकरीकोटलगायत माथिल्लो क्षेत्रका बस्तीलाई सडक सञ्जालमा जोडेको छ ।

लेकम गाउँपालिकामा महाकाली कोरिडोर निर्माणाधीन छ । प्रदेश र स्थानीय तहले विभिन्न ठाउँमा सडक निर्माण गरिरहेका छन् । लेकममा ५ सडक निर्माणाधीन अवस्थामा छन् । राष्ट्रिय राजमार्गसहित स्थानीय सरकारले सडक निर्माण गरिरहेको हुनाले गाउँपालिकाको केन्द्र रातामाटासम्म चाँडै सडक पुग्ने लेकम १, सर्मोलीका रमेशसिंह साउँदले बताए। उनले भने, ‘माथिबाट रातामाटानजिक रिठाचौपातासम्म सडक पुगिसकेको छ । तलबाट खरकडा नजिक पुग्दै छ,’ ‘लेकमका प्रत्येक बस्तीमा केही वर्षभित्रै सडकको पहुँच पुग्ने देखिन्छ ।’ सडक पुगेपछि ग्रामीण क्षेत्रको विकासले फड्को मार्नेमा स्थानीय आशावादी छन् । -अन्नपुर्ण पाेस्ट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.