सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विज्ञापन परिमार्जन हुँदैन : लोकसेवा

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका लागि गरिएको विज्ञापन कानून सम्मत रहेकाले त्यसमा कुनै परिमार्जन नहुने बताएको छ । आयोगले स्थानीय तहका लागि हालै प्रकाशित विज्ञापन विधि र कानूनको परिपालना गरि प्रकाशित गरिएकाले त्यसमा कुनै परिमार्जन नहुने स्पष्ट पारेको हो ।

Sana Kishan

आयोगका प्रवक्ता किरणराज शर्माले संविधान र ऐनले दिएको अधिकार र कानुनी प्रक्रियाको पूर्णपालना गरी विज्ञापन प्रकाशित भएकाले आयोगले कुनै परिमार्जन नगर्ने बताए । ‘स्थानीय तहका लागि विज्ञापन कानुनसम्मत तरिकाले गरेका हौं, यसको प्रक्रियामा पनि पूर्णरूपमा कानुनको अनुशरण गरेका छौ,ं’ शर्माले नागरिकसँग भने ‘विज्ञापन प्रकाशनका क्रममा कुनै त्रुटी भएका भए हामी आफंै करेक्सन गथ्र्याैं, विज्ञापन प्रकाशनमा कानून र प्रक्रियाको पूर्ण पालना गरिएको छ ।’ उनले आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउने बताए ।

आयोगले स्थानीय तहका लागि ९ हजार १ सय ६१ पदका लागि आवेदन माग गरेको थियो । स्थानीय तहमा खुलाएको विज्ञापनमा समावेशी कोटा कम भएको भन्दै विरोध सुरु भएपछि आयोगले त्यसमा कुनै परिमार्जन नहुने भनाइ सार्वजनिक गरेको हो । शर्माका अनुसार स्थानीय तहका लागि आयोगले गत बुधवार खुलाएको विज्ञापनमा मंगलबार दिउँसोसम्म २२ हजारभन्दा बढीले आवेदन भरेका छन् । कर्मचारी समायोजन प्रक्रिया पूरा भएपछि स्थानीय तहमा रिक्त रहेका स्थानमा भर्ना प्रक्रिया सुरु गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.