सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

खेलकुदको विकासका लागि सरकारका देशैभरी योजना: खानेपानी मन्त्री मगर

‘मझगाउँ विमान स्थल संचालनका लागि पहल गर्छु’

446
Sana Kishan

पहिलाद राना
कञ्चनपुर, असार ११
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले खेलकुद क्षेत्रको विकासका लागि सरकारले देशैभरी योजना ल्याएको बताउनुभएको छ ।
बुधबार महेन्द्रनगरमा प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता समापन समारोहमा बोल्दै मन्त्री मगरले खेलकुद क्षेत्रको विकासका लागि सरकारले प्रदेश, जिल्ला, नगर गाउँमा योजना ल्याएको बताउनुभएको हो । मन्त्री मगरले सरकारले खेलकुद विकासका लागि थुप्रै योजना तथा कार्यक्रम ल्याएको बताउनुभएको हो ।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संसद समेत रहेकी खानेपानी मन्त्री मगरले सरकारले खेलकुद विकासका लागि सबै प्रदेश, जिल्ला, गाउँ तथा नगरमा योजना ल्याएको बताईन् । मन्त्री मगरले खेलाडीको भविष्यमा आफु पनि चिन्तित भएको बताउदै खेल क्षेत्रमा आत्मविश्वासनका साथ दृढ भएर खेल प्रर्दशन गर्न आग्रह गरिन् । ‘खेलकुद क्षेत्र धेरै महत्वपुर्ण छ, ‘उनले भनिन, ‘यसमा सरकारले समेत विषेश ध्यान दिएर योजना ल्याउनुपर्छ ।’ खेल राष्ट्र, राष्ट्रियता र पहिचानका लागि भएको भन्दै मन्त्री मगरले अन्र्तराष्ट्रिय जगतमा पहिचान गराउने माध्यम पनि खेल क्षेत्र भएको बताए ।

खेल बहुआयामिक क्षेत्र भएकाले यसलाई व्यवस्थित बनाउनुपर्नेमा मन्त्री मगरले जोडदिनुभयो । लक्ष्य प्राप्ती र आत्म अनुसाशित सहित खेल क्षेत्रलाई अघि बढाउनुपर्नेमा मन्त्री मगरले जोडदिईन् । खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको भन्दै यसमा सम्बन्धीत पक्षले समेत ध्यान दिनुपर्नेमा सुझाव दिईन् ।

Arus
Karnali Traders

यसैविच खानेपानी मन्त्री मगरले बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थल पुन संचालनका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने आवश्वासन दिनुभएको छ । मझगाउँ विमानस्थल संघर्ष समितिका पदाधिकारीले मन्त्री मगरलाई महेन्द्रनगरमा ज्ञापन पत्र बुझाएका थिए ।

Nepali Khaja

ज्ञापन पत्र बुझ्दै मन्त्री मगरले मझगाउँ विमान स्थल बारे आफु गम्भिर भएको बताउदै संचालनका लागि आफ्नो तर्फबाट पहल गर्ने बचन दिईन् । संघर्ष समितिका सचिव राजेन्द्र चन्दले संघीय सरकारबाट पहलका लागि खानेपानी मन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए ।

उनका अनुसार नक्सा सहित ज्ञापन पत्र बुझाईएको छ । करिब दुई दशकदेखि बन्द रहेको मझगाउँ विमान स्थल संचालनका लागि माग उठेको छ । संघर्ष समितिका पदाधिकारीले मन्त्री बिनालाई आफ्नो मन्त्रालयबाट ज्ञापन पत्र अघि बढाउन समेत आग्रह गरेका छन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.