सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त भित्र कञ्चन बैंकको एक्स्टेन्सन काउण्टर

कञ्चनपुर, असार ११
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले भीमदत्त नगरपालिका कार्यालय भित्र ‘एक्स्टेन्सन काउण्टर’ संचालनमा ल्याएको छ ।
बैकले बुधबारदेखि भीमदत्त नगरपालिका कार्यालय भित्र ‘एक्स्टेन्सन काउण्टर’ संचालनमा ल्याएको हो ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले काउण्टरको उद्घाटन गर्दै नगरको नीति अनुसार कार्यालय भित्रै बैंक काउण्टर स्थापना गरिएको बताए । मेयर विष्टका अनुसार सुचना, प्रविधिमैत्री बनाउन र कर बुझाउन सहजका लागि हुने छ ।

Sana Kishan

कञ्चन डेभलमेन्ट बैंकका कार्य संचालन अधिकृत जगत महताले नगरपालिका भित्र राखिएको काउण्टरबाट ऋण बाहेकका सेवा प्रदान गरिने बताए । उनका अनुसार करलिने, रकम जम्मा गर्ने, निकाल्न सकिन्छ । राजस्व सहजिकरणका लागि समेत काउण्टरले सेवा प्रदान गर्ने छ ।

बैंकका संचालक विष्णूसिह विष्टले शाखा र एक्स्टेन्सन काउण्टर विस्तार गर्ने नीति अनुरुप भीमदत्तमा समेत काउण्टर विस्तार गरिएको बताए । उनका अनुसार यस अघि आरबीआईडी, टीकापुर बहुमुखी क्याम्पसमा राखिएको छ ।
भने निकट भविष्यमै बैतडी र डोटीमा शाखा विस्तार हुने छ । नगरपालिका भित्रै काउण्टर संचालनमा आएपछि कर्मचारी, सेवाग्राहीलाई लाभ हुने छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.