सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पीएम कपः एपीफलाई उपाधी, सुदूरपश्चिम छ विकेटले स्तब्ध

मदन गिरी
महेन्द्रनगर ११ असार ।
कञ्चनपुरको महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीफ च्याम्पीयन बनेको छ ।
बुधबार भएको फाईनल खेलमा सुदूरपश्चिमलाई छ विकेटले हराउँदै एपीफ प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको च्याम्पीयन बनेको हो ।
एपीफले टस जितेर ब्याटीङ् रोजेपछि सुदूरपश्चिमले ब्याटिङको निम्तो पाएको थियो ।

सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७१ रन बनाएयो । उसका लागि रुवी पौदारले सर्वाधिक २४ र कविता कुँवरले २२ रनको योगदान गरिन् भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

एपीफका लागि कसिलो बोलिङ गर्ने क्रममा करुण भण्डारी र कप्तान सिता राना मगरले उत्कष्ट प्रदर्शन गरे । फाईनल प्रतियोगितामा दुवै बोलरले समान तीन–तीन विकेट लिए । त्यस्तै सोनु खड्का, रेखा रावल र ममता चौधरीले पनि समान एक–एक विकेट हात पारे ।

World Link Ads
Mahakali Polytechnic

७२ रनको विजयी लक्ष्य पाएर जवाफी ब्याटीङ गरेको एपीफले १४ ओभरमा लक्ष्य भट्टायो । उसका लागि ईन्दु वार्माले हिट ब्याटीङ् गर्दैँ १८ बलमा चार चौकासहित २२ रनको उत्कृष्ट पारि खेलीनन् ।

Dirghayu Ads
Sana Kishan

त्यस्तै ओपनर ब्याट्स म्यान टीम कप्तान सिता राना मगर १८ र ज्योती पाण्डेले १७ रन तथा सरिता मगर दुई तथा ममता चौधरी र सोनु खड्काले समान ३–३ रनको योगदान गरे ।

सुदूरपश्चिमका लागि टीम कप्तान जानकी भट्टले दुई विकेट लिए पनि जितका लागि प्रर्याप्त भएनन् । फाईनल खेलको प्लेयर अफ द म्याच एपीफकी टीम कप्तान सिता राना मगर भईनन् । उनले टुर्नामेन्टको सिरिज समेत जितेकी छिन् । प्रतियोगिता भरिमा कप्तान मगरले ७१ रन बनाउनुका साथै छ विकेट लिएकी छिन् ।

त्यस्तै प्रतियोगितामा वेष्ट बोलर प्रदेश नम्बर तीनकी खुसि डंगोल र वेष्ट व्याट्स म्यान कविता कुवर भईन् । प्रतियोगिता भरिमा बोलर डंगोलले छ विकेट हात पारेकी थिईन भने ब्याट्स म्यान कुवँरले ७२ रनको योगदान गरेछिन् ।

उपाधि जितेसँग एपीफले पाँच लाख नगद तथा ट्रफ्री हात पारेको छ भने सुदूरपश्चिमले तीन लाख नगद तथा ट्रफ्रीमा चित्त बुझायो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.