सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

धनगढी उपमहानगरको बजेट एक अर्ब ५८ करोडका नीति तथा कार्यक्रम

244
Sana Kishan

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रमुख सुशीला मिश्र भट्टले नगर सभामार्फत् एक अर्ब ५८ करोड चार लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् । पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उनले बताइन् । कुल बजेटमध्ये चालू खर्चतर्फ ७६ करोड ३६ लाख ४२ हजार र पुँजीगततर्फ ८१ करोड ६८ लाख पाँच हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरले बजेटको आन्तरिक आय १७ करोड १८ लाख रुपैयाँ रहने अनुमान गरेको छ । वित्तीय समानीकरणतर्फ प्राप्त २९ करोड ६७ लाख, राजस्व बाँडफाँडको २२ करोड ३१ लाख, सशर्त अनुदानबाट प्राप्त ४३ करोड ३३ लाख रुपैयाँ बजेटको स्रोतको रूपमा रहेको उपप्रमुख भट्टले जानकारी दिइन् । यस्तै, प्रदेश सरकारको समपूरक कोष अनुदानको एक करोड, प्रदेश सरकार विशेष अनुदान १० करोड तथा अन्य आयको २९ करोड सात लाख ४८ हजार र नगद मौज्दात पाँच करोड ४८ लाख रुपैयाँ पनि बजेटको स्रोतको रूपमा राखिएको छ ।

Arus

नगर क्षेत्रभित्रका सबै सडकलाई नियमित मर्मत सम्भार गरी बाह्रै महिना सञ्चालन गर्ने तथा निर्माण भइसकेका सडकको स्तरोन्नति गर्दै लैजाने नीति अवलम्बन गरिएको छ । उपभोक्ता समितिमार्फत् कालोपत्रे तथा पक्की सडक निर्माण र मर्मत कार्यमा जनसहभागिता २० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ ।आगामी आर्थिक वर्षदेखि नगर यातायातको गुरुयोजना लागू गरिने भएको छ । यस्तै, नगर बस र विद्युतीय बस सञ्चालनका लागि पहल गरिने उपमहानगरले जनाएको छ । उपमहानगरभित्र चक्रपथ निर्माणलाई प्राथमिकता दिइएको उपप्रमुख मिश्रले जानकारी दिइन् । विकास निर्माणका कामलाई समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई साबिकको काम सम्पन्न गरेमा मात्र थप काम दिने व्यवस्था मिलाइने नीति उपमहानगरले लिने उल्लेख गरिएको छ ।

भ्यु टावर निर्माण गरिने

धनगढीमा सुविधा सम्पन्न सपिङ कम्प्लेक्ससहितको भ्यु टावर र घन्टाघर निर्माण गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ । कैलाली नाला, सुकुटी नाला र मोहना नदी किनारमा साइकल ट्र्याक निर्माण गर्ने नीति अवलम्बन गरिने उपप्रमुख मिश्रले जनाइन् । बसपार्कमा पर्यटन सूचना केन्द्र स्थापना गरिने छ ।पर्यटन प्रवद्र्धन गर्न होमस्टेको प्रवद्र्धन गर्ने, भादा होमस्टेलाई आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रको रूपमा विकास गर्ने, गौरीफन्टा नाकामा पर्यटन प्रवद्र्धनका लागि मौलिकतामा आधारित स्वागतद्वार निर्माण गर्ने योजना पनि उपमहानगरले बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।

Nepali Khaja
Karnali Traders

सडक क्षेत्रमा परेका संरचना आफैँ भत्काउने घरधनीलाई नक्सापासमा लाग्ने कर छुट दिने तथा सम्मान गरिने नीतिलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । वडा नम्बर ४, ५, ६ र १३ को मानव बस्तीबीचमा पर्ने ऐलानी सार्वजनिक वनमा बृहत् धनगढी पार्क निर्माणका लागि डिपीआर तयार गरिने जनाइएको छ ।

असहाय र विपन्नसँग मेयर

‘असहाय र विपन्नसँग मेयर’ कार्यक्रम सञ्चालनमा ल्याई सामुदायिक विद्यालयमा अध्ययनरत असहाय र विपन्न बालबालिकालाई मासिक रूपमा स्टेसनरी एवं आवश्यकताअनुसार विद्यालय पोसाक वितरण गरिने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । आगामी वर्ष दुईवटा एम्बुलेन्स खरिद गर्ने उपमहानगरले जनाएको छ । हरेक वडामा योग साधना केन्द्र निर्माण गरिने, नगरका विद्यालयहरूमा योग शिविरसम्बन्धी कार्यक्रम गरिने तथा हरेक वडामा कुपोषण व्यवस्थापन केन्द्र स्थापना गरिने योजनासमेत बजेट, नीति तथा कार्यक्रममा परेका छन् ।

हिंसामा परेका महिलाको अस्थायी आवासका लागि पुनस्र्थापना गृह स्थापना गरिने कार्यक्रम छ । उपमहानगरले आगामी आर्थिक वर्षमा अग्र्यानिक, बेमौसमी, बगर, कौसी खेतीलाई प्रोत्साहन गर्ने जनाएको छ । क्वारेन्टाइन चेकपोस्ट स्थापना गरी अनियन्त्रित रूपमा आयात भइरहेको अस्वस्थ्य तरकारी तथा खाद्य पदार्थ नियन्त्रणमा जोड दिने नीति तथा कार्यक्रममा जनाइएको छ । -नयाँ पत्रिकाबाट साभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.