

कञ्चनपुरको वेदकोट नगरपालिकाले ६० करोड २८ लाख १९ हजारको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार बसेको पाँचाै नगर सभाले उक्त बजेतका निति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले मंगलबार निति तथा कार्यक्रम नगर सभामा पेस गरिएको बताए । उनका अनुसार निति तथा कायार्यक्रम माथि छलफल भईरहेकाले बुधबारसम्ममा पारित हुनेछ ।

नगरपालिकाले अगामी आर्थिक वर्ष २०७६÷७७ का लागी चालुगततर्फ १४ करोड ९५ लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै नगर गरौवका आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरिको छ भने पुरक अनुदानमा दुई करोड, वडागत बजेट सिमामा पाँच करोड २५ लाख ५२ हजार, ससर्त अनुदान १७ करोड २१ लख पुर्वाधार निर्माणमा पाँच करोड २६ लाख ८६ हजार, सडक बोर्ड नेपाल ३५ लाख लगायत गरि उक्त बजेका निति तथा कार्याक्रम प्रस्तुत गरिएका छन् ।


निति तथा कार्याक्रममाथि छलफल जारि रहको नगरपालिकाले जनाएको छ । अगामी आर्थिक वर्षका नगरपालिकाले महत्वपुर्ण कार्यक्रम अघि सरेको छ ।
बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले प्रस्तुत गरेको नीति तथा कार्यक्रमम समेत पारित गरिएको छ । नगर प्रमुख चन्दले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विगतका कार्यक्रमलाई निरन्तरता सहित नयाँ कार्यक्रम प्रस्तुत गरिएका छन् ।
५० सैयाको नगर अस्पताललाई निरन्तरता दिदै ‘जनताको जग्गा जनताको नाममा’, बेदकोट नगरपालिकामा काम गर्ने एनजिओ, आईएनजिओलाई कार्यपालिकाबाट अनुमति लिएर कार्यक्रम स्वीकृत गरेपछि मात्रै काम गर्न दिईने, ५२ विगाहमा कृषि अनुसन्धान केन्द्र स्थापना, बेदकोट साँस्कृतिक संग्राहलय स्थापना, ‘एक परिवार एक खाता’ नगर प्रमुख छात्रवृति कार्यक्रम, सबै सामुदायिक विद्यालयमा एटिएम, एक वडा एक नगर स्वास्थ्य केन्द्र, नगर प्रमुख स्वास्थ्य उपचार कोष, स्वस्थ नागरिक जिम्मेबार सरकार, स्वच्छ खेलकुद स्वस्थ जीवनको अवधारणा, रोजगार बैंक स्थापना, कर प्रणाली वैज्ञानिक, वायोग्याँस जडान, जलाधार, भूसंरक्षणका नीति तथा कार्यक्रम ल्याईएको छ ।
