सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पीएम कपको फाईनलमा सुदूरपश्चिम र एपीफ

मदन गिरी
महेन्द्रनगर १० असार ।
कञ्चनपुरको महेन्द्रनगरमा जारी चौँथो प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोम सुदुरपश्चिम फाईनल प्रवेश गरेको छ ।

मंगलबारको खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर २ सँग अंक बाँडेर फाईनल प्रवेश गरेको हो भने एपीएफ प्रदेश नम्बर १ लाई हराउँदै प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।

मंगलबार हुने भनिएको सुदूरपश्चिम र प्रदेश् नम्बर २ बिचको खेल वर्षाका कारण प्रभावित भएको थियो । वर्षाले खेल अवरुद्ध बनेपछि दुवै टोलीले एक÷एक अंक बाँड्न बाध्य भए । सुदूरपश्चिम प्रतियोगितामा समुह ‘ए’ बाट विजेता बन्दैँ फाईनल प्रवेश गरेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उसको अंक तालिकामा पाँच अंक रहेको छ भने प्रदेश नम्बर २ को चार अंक रहेको छ । प्रतियोगितामा सुदूरपश्चिमले दुई खेलमा जित, एक खेलमा अंक बाँडेको छ भने एक खेलमा हारे व्यहोरेको छ ।

Dirghayu Ads

त्यस्तै मंगबार हुने तय भएको विभागीय टोली एपिफ र प्रदेश नम्बर १ को खेल पनि प्रभावित भएको छ । वर्षा कारण पाँच ओभरमा छोट्याएको खेलमा एपिफ चार रनले विजयी भएको हो । प्रतियोगितामा एपीफले दुई÷दुई खेलेमा जित र अंक बाँडेको छ ।

गत असार ४ गतेबाट महेन्द्रनगरको कबड हलमा सुरु भएको प्रतियोगिताको फाईनल खेल बुधबार बिहान हुने छ भने । प्रतियोगिता समापन संघिय सरकारकी खानेपानिमन्त्री बिना मगरले गर्ने कार्यक्रम तय गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.