सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

समृद्ध नेपालका लागि याेजनावद्द दिगो विकासकाे गतिमा छाैँ: खानेपानी मन्त्री

334
Sana Kishan

कञ्चनपुर, असार १० गते
खानेपानी मन्त्री बिना मगरले कञ्चनपुर क्षेत्र नम्बर १ को दिगो विकासको रफ्तारमा रहेको बताउनुभएको छ । मंगलबार बेलौरी–पुनर्वास नगरपालिकाको सभालाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले क्षेत्रकै दिगो विकास र सम्बृद्धिको रफ्तारमा रहेको बताउनुभएको हो ।
क्षेत्र नम्बर १ की व्यवस्थापिका सभा सदस्य समेत रहेकी मन्त्री नगरले विकासबाट उपेक्षित गरिएको दक्षिणी क्षेत्रको दिगो विकास र सम्बृद्धिका लागि आफु र आफ्नो मन्त्रालयले विभिन्न योजना अघि सारेको बताउदै, क्षेत्रको विकासका लागि चिन्तित रहेको बताईन् । खानेपानी मन्त्री मगरले जतअपेक्षा चाहना अनुरुप काम भईरहेको बतानुभयो । मन्त्री मगरले क्षेत्र नम्बर १ मा खानेपानी सहितका विभिन्न भौतिक विकास निर्माणका योजना समेत अघि सारिएको बताउदै कार्यान्वयनका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको औल्याईन् ।
मन्त्री मगरले समग्र कञ्चनपुर लगायत प्रदेशकै विकासका लागि बैलौरी नाका विस्तार हुनुपर्नेमा जोडदिदै त्यसका लागि आफुले विभिन्न निकायमा पहल गरिरहेको बताईन् । ‘म बेलौरी नाकाको स्तरोन्नतीका लागि दुवै देशका अधिकारीसंग छलफल गरिसकेकी छु, ‘मन्त्री मगरले भनिन, ‘यसको विस्तारका लागि आफ्नो पुर्ण प्रयास जारी रहनेछ ।’ बेलौरी नाका विस्तार आफुले नै गराई छाड्ने समेत उनले प्रतिबद्धता जाहेर गरिन् । मन्त्री मगरले ठुला योजना केन्द अर्थात संघीय सरकारबाट संचालन हुने, र साझा तथा मझौला योजना प्रदेश तथा स्थानीयबाट संचालन हुने बताईन् । मन्त्री मगरले हरेक नागरिकको स्वच्छ खानेपानीको अधिकार दिलाउने बताउदै उनले कञ्चनपुरमा खानेपानीका थुप्रै योजना अघि बढिरहेको बताईन् । ‘सबै नागरिकलाई स्वच्छ खानेपानीको व्यवस्था गछौँ, ‘उनले भनिन, ‘अब कोही पनि नागरिक स्वच्छ खानेपानीबाट बञ्चित हुँदैन् ।’ आफु विकासको रप्तारमा रहेको बताउदै उनले विकास अनावश्यक राजनीति र विवाद गर्नु उचित नहुने तर्फ गरिन् । मन्त्री मगरले जनताले अपेक्षा अनुसारै आफुले विकास निर्माणका योजना संचालनमा ल्याएको समेत बताईन् ।
प्रमुख प्रतिपक्षी काँग्रेस तर्फ लक्षित गर्दै खानेपानी मन्त्री मगरले विकासमा अवरोध नभई साथ दिन आग्रह गरिन् ।
‘तपाईहरु कञ्चनपुरको विकासका साथ दिनुहोस, ‘उनले भनिन, ‘सक्नुहुन्न भने, बेकामे अवरोध सिर्जना नगर्नुहोस, जनताको विकासको अधिकार नखोस्नुहोस ।’ समस्या भए छलफल र मागका आधारमा आफु सम्बोधन गर्न तयार रहेको बताउदै बाटोबाटोमा भिड्न नआउन समेत आग्रह गरिन् ।
खानेपानी मन्त्री मगरले चुनावमा जनतासंग गरेका बाचा पुरा गर्ने र यस क्षेत्रको दिगो विकास र सम्बृद्धि तर्फ आफुले प्रयास थालिरहेको विकास देखेर अशैय भएर केही व्यक्तिले राजनीतिक आडमा गरिरहेको बिरोध अर्नथक भएको टिप्पणी गरे । मन्त्री मगरले आफुले कञ्चनपुरका समस्याप्रति परिचित रहेको बताउदै समाधानका लागि पहल गरिरहेको बचन दिईन् । मन्त्री मगरले स्थानीय तहसंग जनताको अपेक्षा अनुसार विकासमा जुट्न समेत आग्रह गरिन् । मन्त्री मगरले स्थानीय तहले हरेक टोल–टोलको विकास र जनताको समस्यामा ध्यान दिनुपर्नेमा समेत जोडदिईन् ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.