सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

गाडी दुर्घटना हुँदा ६ प्रहरीसहित ११ घाइते

381
Sana Kishan

असार १० मंगलबार
राैतहट जिल्लाकाे चन्द्रनिगाहपुरमा प्रहरीकाे गाडी दुर्घटना हुँदा ६ जना प्रहरीसहित ११ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेकाे ना १ झ ५३८९ नम्बरकाे प्रहरीकाे गाडी चन्द्रनिगारपुर सडक खण्डमा पर्ने बालचनपुर भन्ने ठाउँमा गाडी दुर्घटना भएकाे हाे । घाइतेहरूकाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।

Karnali Traders

गाडी दुर्घटनामा परी ६ जना प्रहरी जवानहरू र ५ जना थुनुवा घाइते भएकाे प्रहरीले जानकारी दिएकाे छ । घाइतेमध्ये २ जना प्रहरी जवान र २ जना थुनुवा गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुने प्रहरी जवानहरूमा अजय यादव र सञ्जय कार्की रहेका छन् । उनीहरूकाे चन्द्रनिगाहरपुरस्थित चन्द्रपुर अस्पलतामा उपचार भइरहेकाे छ ।

Arus

यस्तै, गम्भीर घाइते भएका २ जना थुनुवाहरू रमेश कुमार चाैधरी र निर्मल शाहलाई थप उपचारका लागि वीरगंज लगिएकाे छ । बाँकी ३ जना थुनुवाहरूकाे परिचय खुल्न सकेकाे छैन ।गाडी अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.