सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

असारको पहिलो झरीले धनगढीका सडक हिलाम्य

640
Sana Kishan

असार ९,

मनसुन सुरु भएपछि असारको पहिलो झरीले नै धनगढी उप–महानगर क्षेत्रका सडक हिलाम्य भएका छन्। आईतवार र सोमजारको झरीका काराण धनगढी उप–महानगर क्षेत्रका अधिकांश सडक हिलाम्य भएका हुन्। मोहनापुल–अत्तरिया ६ लेन सडक, राजपुर–तारानगर सडक, धनगढी–खुटिया सडक, सहिदगेट–शिवनगर सडक, भन्साररोड–सन्तोषीटोल लगायतका सडकहरु असारको पहिलो झरीमै हिलाम्य भएका हुन्।

Arus
Karnali Traders

यस्तै एसियाली विकास बैंकको ऋण लगानीमा कार्यन्वयन हुने सडक र सघन सहरी विकास कार्यक्रम, धनगढी उप–महानगरपालिका लगायतका विकासे अड्डाहरुले कालोपत्रेका लागि तयारी अवस्थामा राखेका सडकहरु पनि हिलाम्य भएपछि उप–महानगरवासीलाई आवतजावत गर्नै सास्ती भईरहेको छ। सडक निर्माणाधिन अवस्थामा समेत वैकपिल्क सडकको ब्यवस्थापन नहुँदा आवतजावतमा झनै सास्ती भईरहेको स्थानीय नरेन्द्र साउँदले बताए।

Nepali Khaja

निर्माणाधिन अवस्थामा रहेको मोहना अत्तरिया छ लेनको सडकले सबैभन्दा ठुलो सास्ती भईरहेको अर्का स्थानीय विरवहादु नेपालीले बताए। निर्माणमा भएको ढिलाईले अव बर्षातको समयमा आवतजावत गर्न मुस्किल हुने चिन्ता उनमा छ।

धनगढी उप–महानगरपालिकामा निर्माणाधिन अधिकासं सडक योजनाको ठेक्का अवधी सकिएपनि अहिले सम्म कालोपत्रे नहुँदा बर्षातमा हिलाम्य भएर र हिउँदमा धुलाम्य भएर स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेको छ। -dinesh khabar

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.