सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई करोड अकुत सम्पत्ती कमाउने कञ्चनपुर भन्सारका तत्कालीन नासु विरुद्ध मुद्दा दायर

दुई करोड आठ हजार अकुत सम्पत्ती कमाएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरका भन्सार कार्यालयका तत्कालीन नायब सुब्बा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ती कमाएको पुष्टि भएपछि कञ्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराई उपर आरोप पत्र दायर गरेको हो। भट्टराईले अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रँहदा अनियमित तरिकाले सम्पत्ती आर्जन गरेको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्दै जादै अकुत सम्पत्ती आर्जन गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Sana Kishan

अनुसन्धानका क्रममा भट्टराईले सार्वजनिक सेवामा प्रवेश गरे देखि आय आर्जन र खर्च तथा लगानीको विश्लेषण गर्दा उनले एक करोड १४ लाख ९१ हजार एक सय ५१ आम्दानी गरेको पाईएको तर जग्गा खरिद, घर निर्माण, शेयर खरिद ,कर्जा भुक्तानी, कर भुक्तानी, अध्ययन खर्च तथा विभिन्न बैङ्कमा रहेको मौज्दात समेत गर्दा तीन करोड १४ लाख ९९ हजार ६ सय ९१ रुपैया आम्दानी गरेको देखिएको छ।

भट्टराईले जम्मा आम्दानी भन्दा दुई करोड आठ हजार पाँच सय चालीस रूपैया बराबरको खर्च तथा लगानीको श्रोत नखुलेपछि गैरकानूनी सम्पत्ती आर्जन गरेको पुष्टि भएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए। अख्तियारले भट्टराईबाट दुई करोड आठ हजार पाँच सय ४० रुपैया बराबरको बिगो माग दावी गर्दै निजलाई प्रचलित कानून अनुसार कारवाहीका लागि विशेष अदालतमा आरोप पत्र दायर गरिएको कोईरालाले बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.