सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

कीटनाशक विषादीले अस्वस्थकर बन्दै तरकारी

253
Sana Kishan

कृषि वैज्ञानिक र सरोकारवालाहरूले कीटनाशक विषादीको प्रयोगले बजारमा उपलब्ध तरकारीहरू अस्वस्थकर बन्दै गएका निष्कर्ष निकालेका छन् । दैनिक उपभोग गर्ने तरकारी उत्पादनमा विषादीको प्रयोग मानव स्वास्थ्यलाई लाभ नहुने उनीहरूको निष्कर्ष छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले गरेको ‘तरकारीको सामाजिक, आर्थिक र पोषण तत्व’ विषयक दुईदिने कार्यशालामा सहभागी वैज्ञानिकले बजारमा पाइने तरकारीमा हानिकारक तत्वको को मात्रा बढेको बताएका हुन् । नास्टका सिनियर वैज्ञानिक डा. सजनलाल स्याउलाले मानव स्वास्थ्यका लागि नभई नहुने पोषण तत्वहरू तरकारीमा पाइने, तर कीटनाशक विषादी र रसायनहरूका कारण अस्वस्थकर बन्दै गएको बताए ।

तरकारीमा प्रयोग हुने कीटनाशक विषादीको दुरुपयोगसमेत हुने गरेको अनुसन्धानले देखाएको छ । ‘किसानले कीटनाशक विषादीको प्रयोग गर्दा स्वास्थ्य सुरक्षा सामग्रीको समेत प्रयोग गर्दैनन्, विषादी प्रयोगले वातावरण, मानव स्वास्थ्य र दैनिक जनजीवनमा असर पु-याइरहेको छ,’ नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक डा. सुनील अर्यालले भने । नेपालमा वार्षिक १.८५ मिलियन केजी कीटनाशक विषादीको प्रयोग हुने गरेको परिषद्को तथ्यांक छ ।

Arus
Karnali Traders

कार्यक्रममा १५ जना कृषि अनुसन्धान र खाद्य प्रविधिको क्षेत्रमा अनुसन्धानरत वैज्ञानिकहरूले कार्यपत्र प्रस्तुत गरेका थिए । वैज्ञानिकहरूले कृषि क्षेत्रमा भइरहेको रासायनिक विषादीको सट्टा बायोलोजिक विषादीको प्रयोग गर्नुपर्नेमा जोड दिए । स्वस्थकर कृषि उपज उत्पादन र भोजनमा ध्यान दिनुपर्ने उनीहरूको सुझाब छ । तरकारी उत्पादनसमेत बर्सेनि घट्दै गएको भन्दै वैज्ञानिकहरूले हाइब्रिड जातका बिउविजनको प्रयोगसमेत बढ्दै गएको वैज्ञानिकहरूले जनाएका छन् । ‘नेपालमा पेट भर्नका लागि मात्रै खाने चलन छ, त्यसलाई निरुत्साहित गर्दै लैजानु जरुरी छ, विषादीले तरकारीमा रहेको पौष्टिक तत्व निर्मूल पार्छ,’ नास्टका वैज्ञानिक डा.स्याउलाले भने । कार्यक्रममा विभिन्न ४८ वटा कृषिसम्बन्धी संघसंस्थाका ५० भन्दा बढी विज्ञहरू सहभागी थिए ।

Nepali Khaja

कार्यक्रममा नेपाल हर्टिकल्चर सोसाइटीका डा. इन्द्रराज पाण्डे, नास्टका प्राज्ञ प्राडा. गोपालबहादुर केसी, लिवर्डका डा. पर्श‘राम विश्वकर्मा, नेपाल पब्लिक हेल्थ फाउन्डेसनका डा. अरुणा उप्रेती, त्रिभुवन विश्वविद्यालयका प्राडा. मानसा थापा ठकुरानी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका डा. पूर्णचन्द्र वस्तीलगायतले नेपालमा तरकारी उत्पादन, प्रविधि, खाद्य तथा पौष्टिक गुण, कीटनाशक विषादीको प्रयोगलगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.