सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हाछ्युँ गर्दै पैसा असुल्दै

तपाइंलाई थाहा छ, हाछ्युँ गरेर पनि पैसा कमाइन्छ भन्ने कुरा ? हामीकहाँ त हाछ्युँ गर्‍यो भने कि रुघा लागेको भनिन्छ, कि साइत बिगारेको, तर वेल्सकी एक १८ वर्षीया युवतीले भने हाछ्युँ गरेरै राम्रो आम्दानी गरिरहेकी छिन् ।
अबि हेयउड नामकी ती छात्राको लक्ष्य फाइन आर्ट पढ्नु हो । पढाइमा अब्बल भए पनि राम्रो युनिभर्सिटीमा महँगो शुल्क तिर्नुपर्ने भएका कारण उनले अतिरिक्त पैसाको जोहो गर्नुपर्ने भयो । त्यसैले उनले हाछ्युँलाई अतिरिक्त पैसा कमाउने माध्यम बनाइन् । अबिले हाछ्युँ गरेको भिडियो हेर्न धेरै जना लालायित हुन थालेपछि उनले यसैलाई कारोबार बनाइन् ।

अबिले हाछ्युँ गरेको एउटा भिडियो क्लिप हेर्न न्यूनतम ३ हजारदेखि साढे ४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कतिपयले अबिलाई खुट्टा देखाएर वा कुराकानी गर्दै हाछ्युँ गर्ने जस्ता विशेष भिडियो बनाउन माग गर्दा त्यसको शुल्क १५ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । कुनै पनि दर्शकले पैसा उनको खातामा पठाएपछि उनले सोही अनुसारको हाछ्युँ गरेको भिडियो तयार गरेर पठाउँछिन् ।

Sana Kishan

अबिले हाछ्युँ गरेको भिडियो युट्युवमा राखेपछि केही दर्शकले उनका सबै भिडियो राख्न अनुरोध गरेको र त्यसका लागि शुल्क तिर्न तयार भएको बताएपछि उनले यो कामलाई आम्दानीको माध्यम बनाएकी हुन् । अहिले उनी ५ मिनेटमा ३७ पटक हाछ्युँ गर्न सक्छिन् ।

World Link Ads
Mahakali Polytechnic

नाकमा विभिन्न कुरा हालेर हाछ्युँ गर्ने क्रममा उनको सोचाइ अहिले अन्यत्र पनि मोडिएको छ । दर्शकको माग बढेको देखेर उनले नाकमा प्रयोग गर्न मिल्ने सेक्स टोइज निर्माण गर्ने सोचसमेत बनाएकी छिन् । नाकमा सेक्स टोइज हालेर थप आम्दानी गर्न सकिन्छ कि भन्ने उनको धारणा छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.