सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सहिद परिवारलाई प्रदेश सरकारको भैंसी उपहार

८ असार, सप्तरी । प्रदेश २ सरकारले मधेस आन्दोलनका सहिद तथा घाइते परिवारलाई लेनो भैंसी वितरण गरेको छ ।

प्रदेश सरकार गठन भएलगतै सहिद परिवारका एक जनालाई रोजगारी र भैंसी बितरण गर्ने घोषणा गरिएको थियो । त्यसअनुसार प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहिद तथा घाइतेका परिवारलाई भैंसी बितरण गर्न शुरु गरेको हो ।

Sana Kishan

सप्तरी सदरमुकाम राजविराज ९ स्थित मलेठमा आइतबार आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री शैलेन्द्र साहले १४ सहिद र ६ घाइतेको परिवारलाई लैनो भैंसी वितरण गरे ।

World Link Ads
Mahakali Polytechnic

गोठ निर्माण गर्न नगद ३० हजार रुपैयाँ समेत दिइएको छ । सहिद तथा घाइते परिवारको जीवनस्तर उकास्न भैंसी दिएको मन्त्री साहले बताए ।

प्रदेशका सबै जिल्लाका सहिद तथा घाइतेका परिवारलाई भैंसी बितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.