सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ठेकेदारले अलपत्र पारेको पुल नदीले बगायो

पोखरा : कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन मोटरेबल पुलको सर्टिङ मादी नदीको बाढीले शनिबार बगाएको छ। ठेकेदार कम्पनीले सम्झौताभन्दा १४ महिना ढिला गरी उक्त पुल ढलानको तयारी गरिरहेको थियो। ढलानका लागि ठिक्क पारिएको सर्टिङ शनिबारको बाढीले बगाएको हो।

मादी गाउँपालिका केन्द्रसँग पोखरालाई जोड्ने गरी नदीमाथि पुल बन्दै थियो। साह्रै ढिला गरेपछि जनप्रतिनिधिले ठेकेदारलाई छिटो सक्न कागज पनि गराएका थिए। ठेकेदारले उक्त पुल २०७५ वैशाख २० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो।

Sana Kishan

मृत सञ्जीवनी निर्माण सेवा हेटौंडाले २०७२ चैत २१ गते २०७५ वैशाख २० गते ८३ मिटर लम्बाइको मोटरेबल पुल निर्माण सम्पन्न गर्ने गरी ८ करोड ६९ लाख रुपैयाँमा साविक जिल्ला विकास समिति कास्कीसँग सम्झौता गरेको थियो।

World Link Ads
Mahakali Polytechnic

निर्माण सम्झौतापछि पटकपटक काम सुरु गर्ने भन्दै काम गर्न अटेर गर्ने र पछि ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कबिहीन भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामले बताए।

सम्पर्कविहीन ठेकेदार कम्पनीका प्रतिनिधिलाई गत भदौमा मादी गाउँपालिकाले प्रहरीको सहयोगमा खोजी गरी कास्कीका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा चैतभित्र ढलान गरेर असारमा पुल चालु गर्ने कागज गराएको थियो। मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङका अनुसार ठेकेदारले कामै चैत तिरमात्रै सुरु गरेको थियो। ‘बर्खामा बनाउन हुँदैन भनेकै थियौं, आखिर बगाएरै छाड्यो’, उनले भने।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.