सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुदानको चामल बाटोमै बिक्री

मुगु : नेपाल खाद्य संस्थान सोरुकोट डिपो र कालै बिक्री केन्द्र मुगुका लागि आउने अनुदानको चामल बीचबाटोमै बिक्री हुने गरेको छ। डिपोबाट बिक्री हुनुपर्ने अनुदानको चामल डिपो नै नपुर्‍याई बीचैमा बेचिन थालेपछि मुगुवासीले चामल नपाएको गुनासो गरेका छन्। मुगुका लागि आएको चामल सोरु गाउँपालीका–८ बाट हुम्ला अदानचुली गाँउपालिकाका बासिन्दालाई बेच्ने गरिएको हो।

ठेकेदारमार्फत ढुवानी गरी पठाइने चामल डिपोमै नपुगेपछि गोदाम रित्तिँदै छ भने भएको पुरानो चामलसमेत कुहिएको छ। ठेकेदारले चामल डिपोमा नपुर्‍याई बीचमै आफुखुसी बिक्री गर्न थालेपछि स्थानीय महँगीमा परेको सोरु गाउँपालिका–६ का वडाध्यक्ष मानप्रसाद भट्टले बताए। ‘अनुदानको चामल ठेकेदारलाई नाफा कमाउने माध्यम बनेको छ, तर सोरु गाउँपालिकावासीले चामल नपाएर हैरान छ’, उनले भने, ‘तर अन्य सरोकारवाला निकाय मौन छन्।’

Sana Kishan

सोरु गाँउपालिकालगायत मुगुभरि नै खाद्यान्न उत्पादन अत्यन्त थोरै हुन्छ। बाहिरबाट ल्याइने खाद्यान्नमा निर्भर यहाँका बासिन्दाले अनुदानको चामलसमेत सहज रूपमा पाउन सकेका छैनन्। चामल बाटोमै बिक्री गरेर डिपोबाट बेचेको भन्दै कागजपत्र मिलाउने गरिएको छ। सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले अनुदानको चामल डिपोमा नपुगी बीचैमा बेचिएकोबारे आफूलाई जानकारी नभएको भन्दै अनुसन्धान गरी कारवाहीका लागि सिफारिस गर्ने बताए। संस्थानले सोरुकोट डिपो र तारापानी वितरण केन्द्रमा पठाउनु पर्ने चामल के कति आयो जाँचबुझ गर्ने र माग गरेबमोजिम नआएको भए ढुवानीको जिम्मा लिएको ठेकेदारमाथि कारवाही गर्ने उनको भनाइ छ।

World Link Ads
Mahakali Polytechnic

सोरुकोट डिपोका लागि यस वर्षको खाद्यान्न ढुवानीको जिम्मा विजय एन्ड ट्रेड्र्ससप्लायर्स मुगु र शर्मा ढुवानी सेवा सुर्खेतले पाएका छन्। त्यस्तै कालै डिपोका लागि गुडवलि सप्लायर्सले चामल बेच्ने जिम्मा पाएको छ। यस वर्षका लागि सुर्खेत र गमगढी शाखाबाट सोरुकोट डिपोका लागि २२ सय र कालै बिक्री केन्द्रका लागि १२ सय क्विन्टल चामल ढुवानी गर्नुपर्ने खाद्य संस्थान मुगु शाखा प्रमुख भरतराज खनियाँले बताए। बीचैमा चामल बिक्री भएकोबारे छानबिन भइरहेको उनको भनाइ छ।

Dirghayu Ads

गत शनिबार रोपाइँ गर्ने क्रममा खेतमा छाडिएको पानीे सोरु गोदाममा पसेपछि १४ क्विन्टल चामल कुहिएको ठेकेदारका आफन्त रामचन्द्र तिरुवाले बताए। उनले बीचबाटोमै चामल बिक्री नभएको दाबी गरे। कुहिएको चामल उपभोग गरे झाडापखाला फैलिन सक्ने त्रास बढेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.