सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

पौने दुई अर्बको जग्गा किन्दै काठमाडौं प्रहरी

260
Sana Kishan

जग्गा खरिदका लागि सरकारद्वारा काठमाडौं परिसरलाई एक अर्ब २० करोड र महानगरीय अपराध अनुसन्धान महाशाखालाई ६७ करोड निकासा

सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखालाई जग्गा खरिदका लागि करिब दुई अर्ब रुपैयाँ निकासा गरेको छ । केही दिनअघि मात्र सरकारले महानगरीय परिसरलाई एक अर्ब २० करोड र अपराध महाशाखालाई ६७ करोड ६७ लाख रुपैयाँ निकासा गरेको हो । परिसरले सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा र महाशाखाले नेपाल आयल निगमको टेकुस्थित नौ रोपनी जग्गा खरिद गर्नेछ ।

Arus

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार खाद्य संस्थानको जग्गा आगामी साता काठमाडौं परिसरको नाममा पास हुनेछ । महाशाखाले भने आइतबार नै निगमको नाममा रहेको जग्गा आफ्नो नाममा पास गर्नेछ । ‘जग्गा खरिदका लागि रकम निकासा भइसकेको छ । खाद्य संस्थानको जग्गा खरिद गर्न लागेका छौँ । यही साताभित्र जग्गा हाम्रो नाममा आउनेछ,’ एसएसपी सुवेदीले भने ।

Nepali Khaja

भूकम्पपछि हनुमानढोकाबाट काठमाडौं प्रहरी विस्थापित
१२ वैशाख ०७२ को भूकम्पपछि काठमाडौं परिसर र महाशाखा पूर्ण रूपमा विस्थापित भएका थिए । हनुमानढोकास्थित प्रहरी कार्यालय भूकम्पले ध्वस्त बनाएपछि दुवै कार्यालय टेकुस्थित नेसनल ट्रेडिङको भवन र खाली रहेको उसैको जग्गामा अस्थायी रूपमा बस्दै आएका थिए । दुवै कार्यालय अहिलेसम्म सोही स्थानमा छन् ।

Karnali Traders

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भूकम्पपछिको चार वर्ष अव्यवस्थित रहेको महाशाखा कार्यालय अत्याधुनिक बन्ने बाटो खुलेको बताए । ‘भूकम्पछि चार वर्ष महाशाखाको कार्यालय टहरोमै सञ्चालन भए । यस अवधिका समय निकै कष्टकर रहे । अब भने त्यो अवस्थाबाट मुक्ति मिल्ने भएको छ । जग्गा खरिदका लागि रकम निकासा भएको छ । जग्गा पास गरेलगत्तै अत्याधुनिक भवन निर्माणमा लाग्नेछौँ,’ उनले भने ।

करिब दुई महिनाभित्र हामी नयाँ ठाउँमा सर्नेछौँ । प्रि–फ्याबको अस्थायी संरचना बनाउनेछौँ । त्यहीँबाट प्रहरीका काम सम्पादन हुनेछन् । हिरासत कक्ष भने टेकुमै रहनेछ : एसएसपी उत्तमराज सुवेदी काठमाडौं महानगरीय प्रहरी परिसर

दुई महिनाभित्र काठमाडौं परिसर भद्रकाली सर्ने
काठमाडौं परिसरका अनुसार अबको दुई महिनाभित्र प्रहरीको अपरेसन शाखा सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको जग्गामा सर्नेछ । यसका लागि परिसरले आवश्यक अस्थायी संरचना तयार गर्नेछ । प्रि–फ्याबबाट अस्थायी संरचना तयार गरिनेछन् । हिरासत कक्षबाहेक परिसरका सबै काम सोही संरचनाबाट सम्पादन हुनेछन् । परिसरको अत्याधुनिक भवन बनाउने कार्य पनि सँगै सुरु हुनेछ । ‘करिब दुई महिनाभित्र हामी नयाँ ठाउँमा सर्नेछौँ । प्रि–फ्याबको अस्थायी संरचना बनाउनेछौँ । त्यहीँबाट प्रहरीका काम सम्पादन हुनेछन् । हिरासत कक्ष भने टेकुमै रहनेछ,’ । परिसर प्रमुख एसएसपी सुवेदीले भने ।

हनुमानढोका सुरक्षाकै प्रयोजनमा रहने
लामो समयदेखि काठमाडौं सुरक्षाको मुकाम राखिएको हनुमान ढोकाको जग्गा सुरक्षा प्रयोजनमै प्रयोग हुने प्रहरीको भनाइ छ । काठमाडौं परिसरका प्रमुख एसएसपी सुवेदीले हनुमान ढोकामा नेपाल प्रहरीकै विशेष युनिट रहने बताए । उनका अनुसार त्यहाँ रहेका प्रहरी पर्यटन र सम्पदा सुरक्षामा केन्द्रित हुनेछन् । प्रहरी कार्यालय राखिएको हुनमान ढोकामा करिब तीन रोपनी जग्गा छ । ‘हनुमान ढोकाको इतिहास विशिष्ट छ । यसलाई सुरक्षा प्रयोजनमै प्रयोग गरिनेछ । विशेषगरी, पर्यटन र सम्पदा सुरक्षासँग सम्बन्धित नेपाल प्रहरीकै एक युनिट त्यहाँ रहनेछन्,’ परिसर प्रमुख सुवेदीले भने । -नयाँ पत्रिका

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.