सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीको कैलाली अस्पतालमा डिम्बासयको जटिल ट्युमरको शल्यक्रिया सफल

धनगढीको कैलाली अस्पतालमा एक युवतीकोे डिम्बासयमा भएको जटिल ट्युमरको सफल शल्यक्रिया गरिएको छ। कैलाली अस्पतालले आज धनगढीकै एक २० वर्षीया युवतीको दायाँ तर्फको डिम्बासयमा भएको ट्युमरको सफल शल्यक्रिया गरेको हो।

Sana Kishan

अस्पतालमा कार्यरत कन्सल्टेन्ट सर्जन डाक्टर सुरेन्द्र बस्नेत,स्त्री रोग विशेषज्ञ डाक्टर सजिप्ता पन्त, एन थेसियोलोजिष्ट डाक्टर रोजी जोशी र नर्सको टोलीले ती युवतीको डिम्बासयमा भएको झण्डै चार किलो तौल बराबरको ट्युमर शल्यक्रिया गरेर निकालेको हो।

शुक्रबार अस्पतालमा भर्ना भएकी युवतीको अवस्था निकै जटिल रहेको थियो तर शल्यक्रिया पछि उनको अवस्था समान्य बन्दै गएको अस्पतालका कन्सल्टेन्ट डाक्टर बस्नेतले बताए। ती युवती अविवाहित भएकाले अस्पतालले उनको नाम गोप्य राखेको छ। महिलाहरुको डिम्बासयमा भएको ट्युमर बिग्रिएमा क्यान्सर हुने गर्दछ। महिलाको प्रजनन प्रणालीको महत्वपूर्ण अंग समेत रहेको डिम्बासयको क्यान्सर महिलामा धेरै देखिने क्यान्सर मध्येको एक भएको अस्पतालले जनाएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.