सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भारतीय सेलिब्रिटी ताहिराले जब गौतम बुद्धको काखमा बसेको फोटो पोस्ट गरिन्…

383
Sana Kishan

नयाँदिल्ली : बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी तथा सेलिब्रिटी ताहिरा कश्यप हालै एक तस्बिरका कारण विवादमा आइन् । विवाद यतिसम्म तन्कियो कि, उक्त तस्बिर सामाजिक संजालबाट हटाएर माफी नै माग्नुपर्यो ।

खासमा ताहिरा निजी भ्रमणको क्रममा एक रिसोर्टमा पुगेकी थिइन् । जहाँ उनले गौतम बुद्धको मूर्तिको काखमा बसेर तस्बिर खिचाइन् र इन्स्टाग्राममा पोस्ट गरिन् ।लगत्तै उनको व्यापक आलोचना भयो । सामाजिक संजाल प्रयोगकर्ताहरु उनको यस्तो हर्कतप्रति रुष्ट भएर टिप्पणी गरेका थिए ।

Arus
Karnali Traders

‘ताहिरा जस्तो पढेलेखेको महिलाले त यस्तो निकृष्ट काम गर्न सक्छ भने अनपढबाट कस्तो अपेक्षा गर्ने !’ यस्ता टिप्पणी उनीमाथि आएका थिए । धेरैले उनलाई ‘भगवानको अपमान’, ‘अनैतिक हर्कत’, ‘मुर्खतापूर्ण काम’ गरेको जस्ता प्रतिक्रिया दिएका थिए । यस्ता प्रतिक्रिया चौतर्फी आउन थालेपछि ताहिराले इन्स्टाबाट फोटो हटाएकी हुन् । सँगै उनले माफी समेत मागिन् ।

Nepali Khaja

उनले लेखेकी छिन्, ‘जानाजान म कसैको दुखको कारण बन्न चाहन्नँ । अन्जानमा कसैलाई परेको दुखप्रति माफी चाहन्छु । सबैमा प्रेम र शान्तिको कामना !’ ताहिराको उक्त तस्बिरलाई सामाजिक संजालमा ‘ट्रोल’ नै बनाएर उनको आलोचना र व्यंग्य गरिएको थियो ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.