सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

अस्पताल परिसरमै डाक्टरको कारले ठक्कर दिँदा बालकको मृत्यु

207
Sana Kishan

पोखरा : पोखराको मणिपाल शिक्षण अस्पतालकै परिसरमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

अस्पतालकै डा. विश्व तिमिल्सिनाले हाँकेको ग ३ च ४३६ नम्बरको कारले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ वर्षे संस्कार कँडेलको मृत्यु भएको हो । शनिबार बिहान साढे ८ बजे पार्किङस्थलमा डा. विश्व तिमिल्सिनाको कारले कँडेललाई किचेको थियो । डाक्टरले मोबाइल फोनमा बोल्दै गाडी हाँकेर लापरवाही गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Arus
Karnali Traders

बालक संस्कारका मामा रामकृष्ण अधिकारीले पनि डाक्टरले गम्भीर लापरवाही गरेको भन्दै कर्तव्य ज्यान मुद्दा लगाउन मागसहित शनिबार कास्की प्रहरीमा जाहेरी दिएका छन् । कास्की प्रहरीले डाक्टर तिमिल्सिना र उनको गाडी नियन्त्रणमा लिएको छ ।

Nepali Khaja

मोटरसाइकल लिन गएका बाबु रामकृष्ण कँडेललाई आमाको साथमा प्रतीक्षा गरिरहँदा बालक संस्कारलाई कारले किचेको उनका मामा विष्णुप्रसाद अधिकारीले जाहेरीमा उल्लेख गरेका छन् । बिरामी हजुरआमा भेट्न बालक आमा बाबाको साथमा अस्पताल पुगेका थिए ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.