सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

भगवानकै साक्षत स्वरुप मानिने रातो मच्छिन्द्रनाथ, दर्शन गरे अद्भूत लाभ !

348
Sana Kishan

काठमाडौ । उपत्यकाको सबैभन्दा लामो मानिने रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। वर्षा र सहकालका देवताका रुपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथ झण्डै ३२ हात अग्लो हुन्छ। रातो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म मनाइन्छ।

Karnali Traders

अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौं नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

Arus

जनश्रुतिअनुसार लिच्छविकालमा लामो समयसम्म वर्षा नभई अनिकाल फैलियो । गुरु गोरक्षनाथले नवनागलाई आशन बनाई नाग समाधिमा बसेकाले पानी नपरेको कुरा तान्त्रिक तथा गुरु बन्धुदत्तले राजा नरेन्द्रदेवलाई सुनाए । यसलाई समाधान गर्न रातो मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्यो । त्यसपछि राजा, बन्धुदत्त आचार्य र रथचक्र (ललित ज्यापु) ले धार्मिक विधि र विविध कठिन परिस्थिति सामना गरेर परिश्रमका साथ रातो मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याए । ऐतिहासिक भनाइअनुसार कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा ल्याइएको हो । जब रातो मच्छिन्द्रनाथ बुंगमती ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरूले मुक्ति पाए । त्यसपछि घनघोर वर्षा भयो ।
रातो मच्छिन्द्रनाथबाट यस्तो लोकहित र लोककल्याणकारी कार्य सम्पन्न भएकोले रातो मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा मनाउन थालिएको हो । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । ललितपुरमा मनाइने यो जात्राले लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । जात्रा अवधिभर ललितपुरका साथै काठमाडौं र भक्तपुर तीनै सहरका भक्तजनको ओइरो लाग्ने गर्छ । रातो मच्छिन्द्रनाथलाई साक्षत भगवान मानेर पूजा गरिन्छ । पूजा गर्नाले अद्भूत लाभ प्राप्त हुने विश्वास छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.