सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

एक डलरमै हवाई यात्राको अवसर

217
Sana Kishan

मेक्सिकोको भोलारिस नाम गरेको विमान कम्पनीले मध्य अमेरिकी आप्रवासीलाई घर फर्कन एक अमेरिकी डलरमै हवाई यात्रा गराउने घोषणा गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा प्रर्बधनात्मक योजना बमोजिम यो सेवा उपलब्ध गराएको उल्लेख छ । स्वेच्छिक रुपमा घर फर्कन चाहने आप्रवासीलाई यो सुविधा उपलब्ध हुने कम्पनीको भनाई छ ।

Arus
Karnali Traders

आगामी जुन ३० तारिखसम्म दिइने यो सुविधा लिन चाहने आप्रवासीले मेक्सिकोका तिजुआना, सिउड्याड जुआरेज, गुइडालाजारा र मेक्सिको सिटी विमानस्थलमा सम्पर्क गर्नुपर्नेछ । यो सेवा कोस्टारिका, एल साल्भाडोर र ग्वाटेमालाका नागरिकका लागि उपलब्ध हुनेछ ।

Nepali Khaja

सन् २०१८ को अन्त्यसम्ममा हजारौं मध्य अमेरिकी नागरिक अमेरिका प्रवेशका लागि मेक्सिकोमा भेला भएका छन् । उनीहरु आफ्ना देशमा जारी हिंसा र गरिबीका कारण पलायन भएका थिए ।

भोलारिस विमान सेवाले बेलाबेला आप्रवासीका लागि सुविधाजनक यात्राको अवसर जुटाउने गरेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.