सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

आफ्नै कारमा सवार हुने नेपाली नायिकाहरु

359
Sana Kishan

कलाकारितालाई ब्यस्त र ग्ल्यामरस पेसाको रुपमा लिईन्छ । बिभिन्न कार्यक्रममा सहभागिता जनाउन होस् अथवा शुटिङका लागि नै किन नहोस् यात्रा गरिरहनु नै पर्छ । त्यसैले पनि कलाकारहरुका लागि निजी सबारीसाधन हुनु अत्यावश्यक हुन्छ । कलाकारहरुले प्रयोग गर्ने हरेक कुराले उनीहरुको जीवनमा प्रभाब पार्ने गर्दछ । त्यसकारण उनीहरु समय संगै आफुले प्रयोग गर्ने सबारीसाधन फेरिहन्छन् । आज हामी चर्चित नेपाली नायीकाहरुले प्रयोग गर्ने सबारीसाधनहरुको चर्चा गर्दैछौ ।

प्रियंका कार्की
कारको मामिलामा निकै शौखिन मानिने चर्चित नायिका प्रियंका कार्कीका दुई ओटा कार छन् । उनी साधारण कार्यक्रममा सहभागी हुँदा र घुमघामका लागि टाटाको जेष्ट कार प्रयोग गर्छिन् भने महत्वपुर्ण कार्यक्रममा सहभागी हुँदा उनी हुण्डाईको टक्सन प्रयोग गर्छिन् । टाटाजेष्ट कारको अहिलेको नेपाली बजार मुल्य ३५ लाख ५० हजार पर्छ भने हुण्डाई टक्सनको बजार मुल्य ८५ लाख छ ।

Arus

संचिता लुईटेल
नेपाली सिनेक्षेत्रमा ६० को दशक तिर दर्शकको मनमुटुमा राज गरेकी सुन्दरी नायीका संचिता लुईटेल अभिनेता निखिल उप्रेतीसंग दोस्रो विवाह गरे सँगै फिल्मी दुनियाँबाट अलिक टाढा रहेकी छिन् । उनी पनि कतै जानुपर्दा कार मै हिड्ने गर्छिन् । उनीसंग हुण्डाईको क्रेटा कार छ । नेपाली बजारमा उक्त कारको मुल्य ५९ लाख ९६ हजार पर्छ ।

Nepali Khaja

झरना थापा
कुनै बेलाकी चर्चित अभिनेत्री झरना थापा यती बेला सफल निर्देशक बनेर चर्चा बटुलिरहेकी छिन् । झरना पनि कारको निकै सौखिन हुन् । सुरुमा टोयटा कम्पनीको कार कुदाउने उनी अहिले भने डाइहाट्सु टेरियर्स चढ्छिन् । उनले अहिले चढ्ने कारको नेपाली मुल्य ५९ लाख पर्छ ।

बर्षा सिवाकोटी
भर्खरै प्रदर्शनमा आएको फिल्म बीरबीक्रम २ की अभिनेत्री बर्षा सिवाकोटी पनि कार प्रयोग गर्छिन् । एक बर्ष अघि सम्म स्कुटरमा हिड्ने उनले कार चढेको एक बर्ष मात्रै भयो । उनी संग हुण्डाईको सिटी कार छ । नेपाली बजारमा यो कारको मुल्य ५५ लाख पर्छ ।

रेखा थापा
नायिका तथा निमात्री रेखा थापा पनि कारको निकै शौखिन छिन् । उनी कार चढ्न थालेको १५ बर्ष भन्दा बढि भइसकेको छ । १५ बर्ष भित्र आधा दर्जन कार फेरिसकेकी रेखाले अहिले बक्सवागन कार चढ्छिन् । नेपाली बजारमा यो कारको मुल्य ४६ लाख ४५ हजार पर्छ ।

श्वेता खड्का
चलचित्र कहाँ भेटिएलाबाट रजतपटमा डेब्यु गरेकी नायिका श्वेता खड्का स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठकी पत्नी हुन् । उनी मारुती सुजुकी भितारक ब्रजा कार चढ्छिन् । नेपाली बजारमा उक्त कारको मुल्य ४५ लाख ५० हजार पर्छ ।

दिपा श्री निरौला
हास्य कलाकार हुदै पछिल्लो समय चलचित्र निर्देशनमा सक्रिय दिपा श्री निरौला पनि कारमा सवार हुन्छिन् । उनी हुन्डाईको आइट्वान्टी कार चढ्छिन् । अहिले नेपाली बजारमा उक्त कारको मुल्य ४३ लाख पर्छ ।

Karnali Traders

करिश्मा मानन्धर
सदाबहार नायिका करिश्मा मानन्धर जती बेला कार चढ्थिन् तेती बेला अरु कुनै पनि नायिकाहरु कार चढ्ने हैसियत राख्दैनथे । अहिले उनीसंग हुण्डाईको आइट्वान्टी कार छ । अहिले नेपाली बजारमा उक्त कारको मुल्य ३७ लाख ९६ हजार पर्छ ।

पूजा शर्मा
चलचित्र प्रेमगीतबाट नेपाली सिनेजगतमा पाईला टेकेकी पूजा शर्मा ईको स्पोर्ट कार चढ्छिन् । अहिले नेपाली बजारमा उक्त कारको मुल्य ३४ लाख पर्छ ।

शिल्पा पोख्रेल
छवीराज ओझाको निर्माणमा बनेको चलचित्र लज्जाबाट रजतपटमा पाईला राखेकी नायिका शिल्पा पोख्रेल पनि कारमा नै सवार हुन्छिन् । उनी भक्स्वागन पोलो वान प्वाईन्ट सिक्स गाडी चलाउँछिन् । अहिले उक्त कारको बजार मुल्य ३० लाख ५० हजार पर्छ ।

कोमल वली
समाचार बाचिकाको रुपमा आफ्नो करियर अघि बढाएकी चर्चित गायिका हुँन् कोमल वली । हाल उनी गीत संगित र मनोरञ्जन क्षेत्रबाट टाढा रहेर राजनीतिमा सक्रिय छन् । उनीसँग हुण्डाईको आई टेन कार छ । यसको बजार मूल्य २७ लाख ९६ हजार पर्छ ।

रेजिना उप्रेती
कुनै समयकी चर्चित नायिका रेजिना उप्रेती हाल चलचित्र कलाकार संघकी उपाध्यक्ष रहेकी छिन् । उनी चक्लेटी कलरको हुण्डाईको वगन कार चढ्छिन् । यस कारको अहिलेको बजार मूल्य २७ लाख छ ।

नम्रता सापकोटा
थोरै चलचित्रमा अभिनय गरेपनि धेरै दर्शकको मनमुटुमा छाएकी नम्रता सापकोटा पनि कारमा सवार हुन्छिन् । उनीसँग २४ लाख ५८ हजार पर्ने रेनट कार छ ।

सध्या केसी
म्युजिक भिडियोमा निकै जमेकी सुन्दरी मोडल तथा अभिनेत्री सध्या केसीसँग निसानको डर्सन कार छ । यो कारको अहिलेको बजार मूल्य १५ लाख २५ हजार छ ।

यी वाहेक अन्य धेरै नायिकाहरु पनि आफ्नै कारमा हुइकिन्छन् । आफ्नै कारमा सयर गर्ने नेपाली नायिकाहरुको सूचीमा गौरी मल्ल, परमिता अर्याल राणा, वर्षा राउत, नम्रता श्रेष्ठ, स्वस्तिमा खड्का लगायतको नाम छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.