सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुर्वराजा ज्ञानेन्द्र खोले -मुख संस्कारमाथीको प्रहार सह्य हुन्न

गुठी विधयेकले राजधानी काठमाडौंमा तरंग पैदा गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेका छन् । केही समयदेखि बैंककको थाइल्याण्डमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुठीभित्रको धर्म सस्कृतिलाई नस्ट गरी धार्मिक संस्कार नस्ट नगर्न चेतावनी दिएका छन् । थाइल्याण्डमा रहेका नेपालीहरुसँगको भेटमा पूर्वराजाले गुठीका बिषयमा गम्भिर भएर सोच्न सरकारलाई आग्रह गरेका छन् ।

गुठीका बिषयमा गहिरो चिन्ता राख्दै उनले धर्म संस्कृतिमाथी प्रहार भएको बताएका छन् । पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरुसँग जोडिएका संस्थाहरु सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो बनाउने आधार भएको भन्दै गुठी बिधेयक सच्याउन आग्रह गरेका छन् ।

Sana Kishan

मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाजमा खल्वल्याउने काम नगर्न कम्यूनिष्ट सरकारलाई उनले आग्रह गरेका छन् । संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जन गर्दा राज्यले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए ।

World Link Ads
Mahakali Polytechnic

केही दिनअघि सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष भएको बताएका थिए । मन्त्री बास्कोटालाई जवाफ दिँदै पूर्वराजाले संस्कारमाथीको प्रहार सह्य नहुँने चेतावनी दिएका छनु । ८० भन्दा बढी गुठीहरुले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.