सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

धादिङ जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, नामावलीसहित (अपडेट)

218
Sana Kishan

गल्छी (धादिङ) : दक्षिणी धादिङको गल्छी गाउँपालिका- ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या ५ पुगेको छ। गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनीबजारतर्फ आइरहेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको थियो।

गाउँबाट तरकारी बोकेर जीप बैरेनीतर्फ आइरहेको बेला सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना के कारणले भयो यसबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बैरेनीका सइ जनक बस्नेतले जानकारी दिए।

Arus
Karnali Traders

दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका ६ का नानु तामाङ, सोही ठाउँका कान्छी भुजेल, गल्छी गाउँपालिका ४ कासेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल हुन्। यस्तै ठेगाना नखुलेको समिक्षा अधिकारीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

Nepali Khaja

दुर्घटनामा परी अन्य १० जना यात्रु घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जीपका चालक र सहचालको अवस्था भने खुल्न सकेको छैन।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.