सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पिएम कप महिला क्रिकेटः प्रदेश–१ द्धारा प्रदेश–२ आठ विकेटले पराजित

मदन गिरी
कञ्चनपुको महेन्द्रनगरमा जारि चौँथो प्रधानमन्त्री कप महिला प्रतियोगितामा प्रदेश नम्बर १ ले पहिलो जित दर्ता गरेको छ ।
शुक्रबार भएको पहिलो खेलमा प्रदेश नम्बर २ माथि आठ विकेटको जित निकालेको हो ।
टस जितेर व्याटिङ रोजेको प्रदेश–२ ले पुरै २० ओभर खेलेर नौ विकेटको क्षतीमा ७१ रन बनाएको थियो । उसका लागि शान्ती चौधरीले १४, सोभा आले १३ सरस्वती चौधरी १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन् ।

Sana Kishan

त्यस्तै जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर १ ले १३ दशमलवमा लक्ष्य भेट्टायो । उसका लागि काजल श्रेष्ठले १९, रुविना क्षेत्री नट आउट २६, गोमा थापा २५ रनको योगदान गरिनन् ।
साथै प्रदेश नम्बर १ ले १२ रन अतिरिक्त पाएको हो ।
प्रदेश नम्बर २ लाई सस्तैमा समेट्ने क्रममा रुबिना क्षेत्री १६ रन खर्चे्र ४ विकेट लिईन ।
प्रदेश नम्बर २ का लागि शान्ती चौधरी र सरस्वती चौधरीले समान एक÷एक विकेट लिए । उक्त खेलको म्यान अफ द म्याच प्रदेश नम्बर १ की रुबिना क्षेत्री भईन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.