सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धादिङमा जीप दुर्घटना, ५ जनाको मृत्यु

धादिङबेसी । धादिङमा जीप दुर्घटना भएको छ ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बाँझगाउँमा भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । ४ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने अन्य १ जनाकाे उपचारकाे लागि काठमाडाैं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएकाे हाे । गल्छीको सिरुबानीबाट बैरैनी आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

Sana Kishan

मृत्यु हुनेमा गल्छी गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, गल्छी गाउँपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीय कान्छि भुजेल र गल्छी ६ कै ३५ वर्षीय नानु तामाङ रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic

दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि काठमाडौं लगिएकाे छ । जीप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार आउँदै थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.