सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेयर र उपमेयरको विवादले नगरपालिकाको ३६ करोड फ्रिज हुने

असार ६, २०७६ रौतहट : १६ नगरपालिकासहित १८ स्थानिय तह भएको रौतहटमा १७ वटा स्थानिय तहमा धमाधम काम भइरहेको अवस्थामा देवाही गुनाही नगरपालिकामा अझै पनि बजेट बाँडफाँडमा कुरा नमिल्दा काम शुरु हुन सकेको छैन्। नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उपमेयर परनीया देवी पटेलबीच आरोप प्रत्यारोपको कारण आर्थिक वर्ष ०७५/०७६ को झण्डै ३६ करोडको विकास बजेट फ्रिज हुने अवस्थामा छ। आर्थिक वर्षको अन्तिम महिनाको पहिलो दिन उपमेयर परनिया देवी पटेलले मेयर पटेलको हठ र आर्थिक मोहको कारण नगरको करोडौंको विकास बजेट फ्रिज हुन लागेको आरोप छ। उपमेयर पटेल मेयर पटेलले गतवर्षको जस्तो करोडोैं रकम अनियमितता गर्न नपाएकै कारण नगर परिषदलाई पुुर्णता दिन नमानेको आरोप लगाइन्। गत माघ २० गते वडा भेला र सिलिङ बाँडफाड पछि सर्वसहमतीमा मेयर धर्मेन्द्र पटेलले दोस्रो नगरपरिषदको उदघाटन गरेका थिए। उदघाटन पछि तिनदिन सम्म चलेको बन्दसत्रमा सहमतीकै आधारमा योजना छनोट भएको थियो। परिषदको निर्णय पुस्तिकामा मेयर पटेलले हस्ताक्षर गरेपछि सबै योजनाहरु समावेश गरीयो। निर्णय पुस्तिकाको बन्द सत्रमा स्वंय हस्ताक्षर गर्छुु भनेका मेयर धर्मेन्द्र पटेलले केही कर्मचारीसँग विवाद पछि आफुुलाई जानकारी नै न दिइन् योजना छनौट, टेण्डर आव्हान गरेको झुुठा आरोप लगाएको उपमेयर परनिया देवी पटेलले पत्रकार सम्मेलनमा जानकारी गराइन। जनप्रतिनिधिको विवादमा जनताको विकास रोकिनुु हुदैन भने मान्यताका साथ देवाही गोनाही नगरपालिकाको बिवाद समाधान गर्न पटक पटक जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय जाँदा पनि कतैबाट कुनै पहल नभएको उनको गुनासो छ। यता मेयर पटेलले अझै पनि सहमति भए नगरको विकाशको काम गर्न सकिने बताएका छन्। बहुमतको खेलमा नलागी नगर विकाशको लागि सहमतिको कुनै विकल्प नभएको मेयर पटेलले बताए।
Read more at: http://thahakhabar.com/news/72417?fbclid=IwAR1aYV1_Uz5iHTrRj2dNeVeC4LDZnDFeVz9wr6HC0eJo0OngUuci1HoXwU8

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.