सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उपमहानगरले चलायो बस्तीमाथि डोजर, स्थानीयकाे बिचल्ली

बुटवल – बुटवल उमहानगरपालिकाले वडा नं. १ मा रहेको जामे मस्जिदअगाडिको जग्गा खाली गराउन १६ परिवार बस्दै आएको बस्तीमा डोजर चलाएको छ। नगरपालिकाले सो वडामा रहेको तत्कालीन श्री ३ बडामहारानीको नाममा रहेको जग्गामा घरटहरा बनाइ बसेको बस्तीमा डोजर चलाएको हो।

स्थानीयले वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन खोजेको भन्दै केही बेर अवरोध सृजना गरेका थिए। उनीहरू सो वडाको साविक बिटौरी कित्ता नंं ८३ को २ कट्ठाभन्दा बढी जग्गामा घरटहरा बनाई बस्दै आइरहेका थिए। आफूहरू उक्त जग्गामा २०२८ सालदेखि बस्दै आएको उनीहरूको दाबी छ।

Sana Kishan

World Link Ads

उपमहानगरपालिकाले गत वैशाख २५ गते ३५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न आग्रह गरेको थियो। उनीहरूले वर्षौंदेखि बसोबास गरेका आधारमा सोही ठाउँमा बस्न पाउनुपर्ने अडान राख्दै अदालतमा मुद्दासमेत दायर गरेका थिए।

टिनले छाएको जीर्ण छाप्रोमा ९ परिवार मुस्लिम र ७ परिवार हिन्दु समुदाय बस्दै आएका थिए। यसअघि उपमहानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार भनी २०७३ साल असार १९ गते पनि जग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो। त्यति बेला पनि त्यहाँ बसोबास गरेकाहरूले वैकल्पिक व्यवस्थाबिना नहट्ने अडान लिएका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close