सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गौरिफन्टा नाकामा राष्ट्रिय झण्डा गाड्दै सशस्त्र प्रहरी

गत बीहिबारको हावाहुरीले कैलालीको गौरिफन्टा नाकामा रहेको राष्ट्रिय झण्डा उडाएपछि सशस्त्र प्रहरीले पुनः निर्माणको काम थालेको छ। गौरिफन्टा नाकाको नेपाल–भारत सीमामा राखिएको राष्ट्रिय झण्डा हावाहुरीले उडाएपछि सशस्त्र प्रहरीले फेरी गाड्ने तयारी गरेको हो।

Sana Kishan

हावाहुरीले पोल ढलाउदै उडाएपछि पुनः सोही स्थानमा राष्ट्रिय झण्डा गाडिरहेको सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजश्व तथा भन्सारका सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले जानकारी दिए। विगतमा समान्य हावाहुरी आएका बेला समेत झण्डा झण्ड्याईएको पोल ढल्न थालेपछि अहिले सिमेन्टको पिल्लर निर्माण गर्दै झण्डा गाड्ने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दले बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close