- Advertisement -

कैलाली र कञ्चनपुरमा गएराती आएको हावाहुरीले झण्डै १५ सय घर टहरामा क्षती पुगाएको प्रारम्भीक विवरण प्राप्त भएको छ भने दर्जनौ परिवार विस्थापीत भएका छन्। दुवै जिल्लामा नीजि, सार्वजनिक, विद्यालय र प्रहरी चौकीका भवन समेत गरेर झण्डै एक हजार पाँच सय घरमा आशिंक तथा पूर्ण क्षती पुगेको बताईएको छ। प्राप्त विवरण अनुसार कैलालीमा झण्डै १३ सय र कञ्चनपुरमा दुई सय बढि घरमा क्षती पुगेको हो।

कैलालीमा धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका लगायत जिल्लाका अन्य स्थानीय तहमा समेत गरेर करिब १३ सय घर टहरा भत्कीएका छन्। ती घर टहरा भत्कीएपछि दर्जनौ परिवार विस्थापीतभएको बताइएको छ तर विवरण संकलन गर्ने काम चलिरहेकाले संख्या बढन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नीरिक्षक पकाश डाँगीले जनाए।

हावाहुरीबाट सबंैभन्दा बढि जिल्लाको धनगढी उपमहानगरपालिका प्रभावित भएको प्रहरीले जनाएको छ।उता कञ्चनपुरमा हावाहुरीबाट एक सय ८५ नीजि घर र १४ वटा प्रहरी चौकी र अस्थायी प्रहरी चौकीका भवनमा क्षती पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कतिपय घरका छाना मात्र उडाएको छ भने कतिपय घर पूर्ण रुपले क्षती ग्रस्त भएका छन्। सबैभन्दा बढि जिल्लाको भीमदत्त र वेदकोट नगरपालिकामा क्षती पुगेको कञ्चनपुरका प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर विष्टले जानकारी दिए।

यता, जिल्ला प्रशासन कार्यालय कैलालीमा शुक्रबार बसेको विपद व्यवस्थापन समितिको बैठकले क्षतीको विवरण संकलनको जिम्मेवारी स्थानीय स्तरमा वडाअध्यक्षको संयोजकत्वमा गठित समितिलाई दिएको छ। उक्त समितिले विवरण संकलन गरेपछि मात्र क्षती भएका घर टहराको विवरण आउने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जानकारी दिए। उक्त विवरण आएपछि आवश्यकताका आधारमा राहात वितरण गरिने प्रजिअ बोहोराले जनाए। त्यसका लागि राहात वितरणमा एकद्धारा प्रणाली लागु गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको संयोजकत्वमा उप–समिति गठन गरिएको छ। तर हावाहुरीबाट आशिंक वा पूर्ण रुपले विस्थापीत भएकाहरुले प्रशासनिक निकाय र जनपतिनिधीले राहात वितरणमा ढिलाई गरेपछि समस्या भएको गुनासो गरेका छन्।

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

वातावरण दिवस ! हामी के गर्न सक्छौ ??

केशव कुमार मलाशी वातावरण भन्ने शब्द आफैमा एक बृहत विषय हो जसले प्राकृतिक, सास्ंकृतिक र सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका अवयवहरु...

विदेशबाट फर्कनेको खर्च कसले बेहोर्ने ?

कानुन भन्छः सरकारले, सरकार भन्छः फर्कनेले सरकारले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेकालाई उद्धार गर्दा लाग्ने खर्च घर फर्कने व्यक्तिले बेहोर्नुपर्ने भनी गरेको निर्णय विवादित...

म्यानमारबाट फर्केका नेपाली भन्छन्: काठमाडौं उत्रिनासाथ धर्तीलाई ढोगेँ

२३ जेठ, काठमाडौं । नवलपुर गैँडाकोटका मानबहादुर खत्री आफन्त भेट्न पर्यटक भिसामा तीन महिनाका लागि म्यानमार गएका थिए । म्यानमारमै रहँदा कोरोना महामारीका...

पुर्व मन्त्री एन.पि. साउद द्वारा स्वास्थ्यसामाग्री सहयोग

नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुर्व मन्त्री एनपि साउदले स्वास्थ्यसामाग्री सहयाेग गरेकाहुन्।काेराेना भाईरसकाे महामारी संग लडिरहेका स्वास्थ्यकर्मी लाई सहयाेग पुग्ने विश्वास गरि स्वास्थ सामाग्री सहयाेग...

लकडाउन खुकुलो बनाउन सरकारलाई विज्ञहरूको सुझाव

विज्ञहरूले लकडाउनको स्वरूप परिवर्तन गरी आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सहज तुल्याउन सरकारलाई सुझाव दिएका छन । प्रधानमन्त्री केपी ओलीले बुधबार बालुवाटारमा बोलाएको छलफलमा सहभागी...

१३ जिल्लाका सिडिओको सरुवा(विवरणसहित)

गृह मन्त्रालयले ४४ जना सहसचिव तथा उपसचिवको सरुवा र पदस्थापन गरेको छ । पदस्थापनमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको छ । सुर्खेतका...

नेपालको पश्चिमी नाकामा गड्डाचौकीमा ७७ फिट अग्लो राष्ट्रिय झण्डा फहराईयो

कञ्चनपुर – नेपाल–भारत जोड्ने देशकै पश्चिमी नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । बिहीबार साँझ ४ बजेदेखि सुदूरपश्चिम प्रदेश कञ्चनपुरको भीमदत्त नगरपालिका ११...

भारतबाट फर्केका नेपालीलाई खानिडाँडामा स्थानीयद्धारा खानेपानि विरतण

चन्द्रप्रकास भाट महेन्द्रनगर १५ जेठ । कैलालीको चुरेगाँउपालिका स्थीत खानिडाँडामा भारतबाट घर फर्किन लागेका नेपालीलाई खानेपानि वितरण गरिएको छ । चुरे गाँउपालिका वडा नम्बर...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -