सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

तीन महिना बन्धक बनाएर सामूहिक बलात्कार

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २२, २०७६
1 min read

जनकपुरधाम : धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने दलित किशोरी फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। दिदीबहिनी आफ्नै सुरमा हिँडिरहेका थिए। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर घरतिर भाग्न सफल भइन्। ‘साँझ चौरीमा नशालु पदार्थ नाकमा सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘हातखुट्टा डोरीले बाँधिदियो। एउटा सुई लगाइदियो। त्यसपछि के भयो थाहा छैन।’

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

अनि त्यो समूहले उनलाई रातारात भारतको मझपरपुर पुर्‍यायो। किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। किशोरीको हातखुट्टामा दाम्लोले बाँधेको डाम छ। शरीरभर पोलेका फोका छन्। कुटपिटको नीलडाम छन्। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ पीडित किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’

राम्रोसँग खाना र सुत्न नपाएकी ती किशोरीले भनिन्, ‘होसमा आउँदा रुन्थें। मुखमा कपडा कोचिदिन्थे। कञ्चटमा पेस्तोल राखेर मारिदिन्छु भन्थे। फेरि सुई लगाएर बेहोस बनाइदिन्थे।’ सकिला खातुन भन्ने महिला र तीनजना केटाले मदिरामा लठ्ठ भएर आफूलाई सताउने गरेको उनले बताइन्। उनले भनिन्, ‘शौचालय जाँदा खुट्टामा बाँधेको डोरी अलि खुकुलो परिदिन्थे। तर बाटामा रड र लठ्ठी बोकका केटाहरू निगरानीमा हुन्थे।’

जेठ ५ गते उनी पापीको चंगुलबाट भागेर जनकपुर आउन सफल भएकी छन्। अहिले उनी जनकपुर अञ्चल अस्पतालमा उपचार गराइरहेकी छन्। उनी राम्ररी बोल्न र हिँड्न सक्दिनन्। खर्च अभावमा पोसिलो आहार खुवाउन नसकिएको पीडितकी आमा बताउँछिन्। उनले भनिन्, ‘साथीहरूसँग सापटी मागेर दबाई खरिद गरिरहेको छु।’ किशोरीको आर्थिक अवस्था कमजोर छ। उनको जीवन रक्षाका लागि जनकपुरका पत्रकार शैलेन्द्र महतो (क्रान्ति) ले एक पिन्ट रगत दिएका छन्।

‘ती दिदी भगवान्’

‘सकिलाले एक दिन केटाहरूसँग यो केटी धेरै हल्ला गर्छे, अब छिट्टै तह लगाउनुपर्छ भन्नेर कुरा गरेको सुनें,’ किशोरीले भनिन्। त्यसपछि बिक्री गर्न लागे भनेर उनी निकै डराइन्। अनि रातको समयमा उनले झ्यालको दुलोबाट एक महिलालाई दुःख सुनाइन्। ती महिलाको सहयोगमा उनी नेपाल फर्कन सफल भएकी हुन्।

‘ती दिदीले बिहानै अटोवाला काकालाई बोलाउनुभयो। मलाई दुई हजार रुपैयाँ पनि दिनुभयो। ती दिदी मेरा लागि भगवान् नै हो।’ केहीबेर अटोमा यात्रापछि उनी भिठ्ठामोडको बस चढेर नेपाल आएकी हुन्। अनि जनकपुरको रामान्दचोकमा आएर प्रहरीमा उजुरी दिइन्।

‘नर्स बन्छु’

उनका बुवाआमा गरिब छन्। त्यसैले उनलाई कसले उपचार गरिदिन्छ भन्ने चिन्ता छ। उनले भनिन्, ‘कक्षा ९ मा पढ्दै गर्दा ममाथि घटना भयो। अब पढेर नर्स बन्छु।’ उनकी आमा अरूको खेत अधियाँमा लिएर काम गर्छिन्। त्यहींबाट हुने आम्दानीले उनीसहित दुई बहिनीलाई लालनपालन हुँदै आएको छ।

ती किशोरीले भनिन्, ‘पापीहरूलाई सरकारले सजाय देओस्, म पहिला पढ्छु अनि बेटीहरूको रक्षाका लागि लड्छु।’

एकजनाविरुद्ध मुद्दा

महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राईन कवारीविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता भएको डिएसपी रामेश्वर कार्कीले बताए। रवानीसहित चार जनाले भारतमा बन्धक बनाई बलात्कार गरेको उजुरी परेको छ। चारैजना फरार छन्। कार्कीले भने, ‘पीडित बालिकाको मेडिकल गराएका छौं। करणी भएको पुष्टि भयो।’

सबै तथ्य संकलन गरेर अनुसन्धान सुरु गरिएको उनले बताए। ‘भारतीय प्रहरीसँग दोषी पक्राउ गर्न समन्वय भइरहेको छ,’ कार्कीले भने।

ट्यागहरु: rape case

सिफारिस

मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2
मुख्य समाचार

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
मुख्य समाचार

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4
मुख्य समाचार

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4
मुख्य समाचार

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
अर्को

शान्ति प्रक्रियाका १२ वर्ष : राहतमा मात्र १८ अर्ब रुपैयाँ खर्च

टिचिङमा कलेजो प्रत्यारोपण

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
5

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
2

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5

चन्द्रागिरी हिल्सको वित्तीय विवरण सार्वजनिकः १८ करोड बढी नोक्सानी

बैशाख ६, २०७८
4

विराटनगरमा एकैदिन २४ संक्रमित थपिए !!

बैशाख ६, २०७८
4

विवाह , व्रतबन्ध , मलामीमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने !!

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In